रुसी अन्तरिक्ष यान चन्द्रमामा दुर्घटनाग्रस्त ,सम्पर्क बिहिन

इनेप्लिज २०८० भदौ ३ गते १०:५८ मा प्रकाशित

रुसी अन्तरिक्ष यान चन्द्रमामा दुर्घटनाग्रस्त भए पछि सम्पर्क बिहिन भएको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।

रुसी अन्तरिक्ष सँस्था (एजेन्सी)का अनुसार कक्षाको क्रममा नियन्त्रणबाट बाहिर निस्किएको र चन्द्रमामा दुर्घटनाग्रस्त भएको एबिसीन्यूजले समाचार लेखेको छ ।

लुना-२५ अन्तरिक्षयान शनिबार दुर्घटना भएपछि रुसका अधिकारीहरूसँग सम्पर्क टुटेको रोस्कोसमोसले रुसी समाचार एजेन्सी इन्टरफ्याक्सलाई दिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

शनिबार दिउँसो यानले चन्द्रमाको सतहमा अवतरण गर्ने अटकलमा अण्डाकार कक्षमा प्रवेश गरेको थियो, जुन उडान योजनाको एक हिस्सा भएको रोस्कोसमोसले बिज्ञप्तिमा जनाएको छ ।

रुसी सँस्थाका कर्मचारीहरूले अपराह्न २:५७ बजे योजनाबद्ध अभ्यासको क्रममा सम्पर्क गुमाएका थिए । अन्तिम सम्पर्कको केही समय पछि “अन्तरिक्ष यान एक अनियोजित कक्षमा प्रवेश गर्यो र चन्द्रमाको सतहसँग ठोक्किएको थियो ।

“अगस्त १९ र २० मा गरिएको अन्तरिक्षयान पत्ता लगाउन र त्यससँग सम्पर्क गर्ने उपायहरूले कुनै नतिजा निकालेन,” रोस्कोसमोसमा उल्लेख गरेको छ ।

चन्द्रमाको ल्यान्डरले सोमबार बिहान चन्द्रमाको दक्षिणी ध्रुव नजिक अवतरण गर्ने प्रयास गर्ने अपेक्षा गरिएको थियो ।

प्रतिक्रिया