तितो सत्य मीठो झुठ

इनेप्लिज २०८० भदौ २ गते ११:१५ मा प्रकाशित

आखाभरी सपनाको पहाड बोकेर,
छातिभरी सम्झनाका झलक च्यापेर,
जुन तारा चन्द्रमा साक्षी राखेर,
त्यो चारकोसे जङ्गलपार गरेर,
छङ्ग छङ्ग गर्ने सेउतीसगै नाचेर,
न हिउद न वर्षा केहि नसोची ,
आफू जन्मेको बढेको हुर्किएको,
पच्चीस सालमा प्रबेशिका परिक्षा ,
उतृण गराउने मेरो पुरानो ठाउँ जादैछु ।

फेरियो कि मेरो ठाउँ अझ उस्तै छ कि ?
अभिस्ट सपनाहरु का केही क्षण,
निरम्ब साझहरु बिलुप्त यादहरु,
अकल्पनीय कल्पना घुमी राखेका छन।
यो मेरो मनको शेरो फेरो भित्र ।
सधै सधै नाची राखेका छन।
यी आखाको यो दिलको धड्कनभरी ।
त्यो मेरो पुरानो ठाउँ धरान को ।

घरी घरी उर्लि आउछन मनभरी ,
केही केही सम्झनाका हुलहरु,
यो मन खिन्न हुन्छ सोच्दा,
ती घर छिमेकी अनि साथी सङ्गिनीहरु,
यो चल्दै गरेर्को हराभरा जिन्दगीमा,
केही दुस्टहरुको समूहबाट,
खडेरीको मार झै काडाको मार पर्यो।

ओइलाउदै ओइलाउदै झरे देहबाट,
केही केही भावनाका फुलहरु,
कालो बादल मडारिदै बज्र खस्यो,
यो शरीर बचाउदा बचाउदै,
निधारको माझमा ठोकियो ।

चकनाचुर पारी ध्वस्तपारी दिए,
भबिस्य तर्ने प्रयत्नका पुलहरु,
दुखको गित नगाउनुनै बेश लाग्यो
बिर्सौ भन्दा भन्दै बल्झी दिन्छन,
ती कयौ कयौ बेदनाका शुलहरु।

आखाभरी सम्झनाको पहाड बोकेर,
आफ्नो पुरानो ठाउँ धरानबाट फर्किदै गर्दा,
बिच बाटोमा मित्युले सोध्यो एक्लै पारेर,
सबैले घृणा गर्छन मलाइ ,
तिमी लाई सबैले किन माया गर्छन?

यो कलि ब्याप्त भएको समयमा ,
मान्छेहरु सबै मीठो झुठ हुन ।
कसैलाइ नपच्ने तितो सत्य तिमी हौ ।
जाउ छिटो बुढी खोलापारी बाबू छोरा,
मीठो झुठको राजा पर्खी राखेका छन ,
धेरै पहिला देखि मित्यु तिमिलाइ ।

खगेन्द्र प्रसाद आचार्य
दुर्गा नगर बिकास समाज
काठमाडौ

प्रतिक्रिया