जीवन जिउन अनेक सङ्घर्ष………….

इनेप्लिज २०८० भदौ २ गते १:४० मा प्रकाशित

जीवन जिउन अनेक सङ्घर्ष गर्नुपर्दो रहेछ
सङ्घर्षका पाइलाहरू बढाउनुपर्दो रहेछ
मनमा  चोखो माया लिएर बाच्नुपर्दो रहेछ
रातदिन सङ्घर्ष गरी बाच्नुपर्दो रहेछ
जीवनमा  समय कसरी बिताउने सोच्नुपर्दो रहेछ
जीवन जिउन अनेक सङ्घर्ष गर्नुपर्दो रहेछ
 
स्वार्थी दुनियाँमा प्रेमको नाम कोरी राख्नुपर्दो रहेछ
अनेक चोटहरू छन् मायालु सँग सङ्घर्षको यात्रा चलिरहेछ
शान्ति कहाँ पाइन्छ भनी खोजि हिँड्नुपरेको छ
जोगी बनी बसौँ भने सोच बदल्नुपर्ने छ
 
सङ्घर्षका पाइलाहरू बढाउनुपर्दो रहेछ
मनमा  चोखो माया लिएर बाच्नुपर्दो रहेछ

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया