मध्य रुस र कालोसागरमा दुई वटा मानवरहित युद्धयान रोकेको रुसको दाबी ,उडानहरू स्थगित

इनेप्लिज २०८० भदौ १ गते १०:४५ मा प्रकाशित

मध्य रुस र कालोसागरमा दुई वटा मानवरहित युद्धयान रोकेको रुसले दाबि गरेको छ । रुसी वायु प्रतिरक्षाले मध्य मस्को र ब्ल्याक (कालो) सागरमा देशका जहाजहरूमा मानवरहित यान (ड्रोन )आक्रमणहरू रोकेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

रक्षा प्रणालीले शुक्रबार बिहान मध्य मस्कोमा युक्रेनी मानवरहित यन (ड्रोन)लाई खसालेको छ र केही टुक्राहरू प्रदर्शनी केन्द्रमा खसेको रुसी रक्षा मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।

रक्षा बिभागले मानवरहित यानलाई बिहान ४ बजे खसालिएको र टुक्रा भएकाका कारण कुनै चोटपटक वा आगो नभएको बताएको छ।

यद्यपि, मस्कोका चार प्रमुख विमानस्थलहरूमा उडानहरू केही समयका लागि स्थगित गरिएको थियो।

नगर प्रमुख (मेयर)सर्गेई सोब्यानिनक अनुसार केही टुक्राहरू प्रदर्शनी केन्द्र ( एक्सपोसेन्टर)को मैदानमा खसेका थिए । मस्को शहरको व्यावसायिक र कार्यालय परिसरको छेउमा रहेको एक प्रदर्शनी भवन जसमा गत महिनामा दुई पटक मानवरहित यानले प्रहार गरेको थियो।

प्रतिक्रिया