ए.एन.ए. अध्यक्ष खगेन्द्र अधिकारी बाट आज जारी भएको प्रेश विज्ञप्ति

इनेप्लिज २०८० साउन ३२ गते २:३६ मा प्रकाशित

वासिंटन, डि.सी. ANA का वर्तमान अध्यक्ष खगेन्द्र अधिकारी बाट सम्पूर्ण उत्तर अमेरिकी नेपाली समुदायहरुलाई मर्मस्पर्शी सामाजिक सेवाको उपलब्धिमुलक परिणाम प्राप्त गर्न सबैले एक भएर सहयोगी भावना बाट प्रेरित हुँदै आपसी सहमति बाट सार्वजनिक रुपमा साझा मान्यता राखेर बिना पूर्वाग्रह अत्यंत निरंतर एवं पवित्र त्यागको सोचमा अगाड़ी बढेर सहकार्य गरेर मात्र सफल बन्न सकिने भएकाले ए.एन.ए. मार्फ़त हामीहरु सबै एक-आपसी रुपमा समझदार बनेर हाम्रो समाजको लागि साँच्चिकैको र पवित्र भावनाको वास्तविक स्वयंसेवक बनौं भन्ने आग्रह गर्नु भएको छ।

ए.एन.ए. अध्यक्ष खगेन्द्र अधिकारी बाट ईनेप्लिजलाई प्राप्त छापा विज्ञप्तिलाई जस्ताको तस्तै संप्रेषित गरेका छौं।

यो जो जस संग सम्बंधित छ।

श्रीमान् धिरेन गुरुंग नेपाली शान, नेपाली मान, नेपाली स्वाभिमान र नेपाली पहिचानमा Association of Nepalis in the Americas (ANA) लाई बिशेष महत्व दिएर यस संस्थालाई राम्रो संग बुझ्ने, सहनसिल र समाजका साझा अनि विशेष मार्गदर्शन प्रदत्त गर्ने उत्तर अमेरिकी नेपाली हुनुहुन्छ। उत्तर अमेरिकी मुलुकमा बसोबास गर्ने नेपालीहरुमा सार्वजनिक र मर्मस्पर्शी सामाजिक सेवाका क्षेत्रमा उत्तर अमेरिकी नेपालीहरुलाई अप्ठेरो साथै दु:ख परेका बखत सर्वप्रथम अगाड़ी सरेर आवश्यक सहायता दिने परोपकारी व्याक्तित्व र हाम्रा आदरणीय साथै सबैका स्नेहि मित्र पनि हुनुहुन्छ। यसका अतिरिक्त उँहा यस्तो व्यक्तित्व पनि हुनुहुन्छ कि आफ्नो घरको काम, आफ्नो पेशा, आफ्नो परिवार र समाजसेवी अर्थात् बहुआयामीक जिम्मेवारीमा आफ्नो भूमिका निर्वाह गर्ने आप्रवासनको जीवनमा संयुक्त राज्य अमेरिकामा पहिलो पुस्ताका महान लगनशील व्यक्तिहरु मध्य एक कुशल व्यक्ति र बरिष्ट समाजसेवी पनि हुनुहुन्छ। मैले बर्षौ-बर्ष सम्म समाजसेवी भावनामा उत्तर अमेरिकी नेपाली समाजको सकारात्मक दृष्टिकोण बाट Association of Nepalis in the Americas (ANA) मार्फत सक्षम र सक्रिय हुँदै सवल रुपमा नेतृत्व गर्दै गर्दा त्यसका लागि निकटतम भविष्यमा आवश्यक बातावरण मिलाउने र सामाजिक समुहमा नेतृत्व गर्ने निस्चितता गर्दै समाजसेवाको लागि एक महत्वपुर्ण कुशल र साझेदार सहयात्री बन्न फेरी पनि दत्- चित्त बनेर वास्तविक रुपमा व़ादा गर्नु हुँने आदरणीय श्रीमान् धिरेन गुरुंगलाई हामी सबैले ए.एन.ए. परिवारमा पुनः कुशल सहयोगी भएर सक्रिय हुँनका लागि हामी बाट गरिएको आग्रहमा वाहाँ बाट वचनवध्द बिस्वास पाँउदा हामी सबैलाई धेरै नै खुसि लागेको छ।प्रवासी भूमिमा नेपाली संघ संस्थाहरुका तत् तत् समयमा रहेका नेतृव बर्गहरु पूर्वाग्रही भएर पूर्वानुमान गर्न, दूरदर्शी बन्न र कुशल नेतृत्व हुँन नसकेर नेतृत्वहीन हुनुका खातिर उनिहरुको अदूरदर्शिताले गर्दा अनावश्यक विवाद उत्पन्न गरेर र हालै सम्म पनि स्वस्थ परिस्थितिमा प्रवासी नेपाली समाजका मानिसहरुलाई अतिक्रमण बाट जोगाएर एकीकृत गर्न मुस्किल परेको छ एकातिर भने अर्कोतिर यस प्रकारको दु:खद् परिवेश र बिषयलाई अवका दिनहरुमा पूर्ववर्ती घृणित र दुःखदायी र घटिया सोच बाट पूर्णरूपेण हामीहरु परिवर्तित बनेर हाम्रो समाजलाई परिपक्क तवर बाट अवतरण गराएर समाजसेवी भावनामा प्रिय बनेका प्रवासी अर्थात् विदेशी भूमिमा बसोबास गर्नु हुँने Diaspora का सबै नेपालीहरुलाई एकीकृत गर्नु पनि अत्यंत आवश्यक र जरुरी महसूस गरिएको छ।यसरी हामीहरु जरुर विगतका वितंडा र अनजान युक्त भूल बाट सच्चाईमा सकारात्मक बन्दै उन्नत र उर्जावान हुनु आवश्यक मात्र नभएर जरुरी नै हुनेछ भन्नेमा हामीलाई बिस्वास लागेको छ।

उपरोक्त बिचारहरुलाई सिंहावलोकन गर्न नसक्नुका हाम्रा सबै दुर्भाग्यपूर्ण र दु:खद् घटनाहरुले अब शुखद् रुपमा परिणामोन्मुख भएर फड्को मार्न जरुरी छ भन्नेमा दुईमत हुँदैन भन्ने हाम्रो सार्वजनिक र सामुदायिक अनि स्वास्थ्यवर्धक बिस्वासमा आफ्नो धारणा प्रकट सहित यथोचित र सम्मानजनक कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका खातिर हाम्रो निरंतर प्रयास र हार्दिकतालाई शिरोधार्य गरेर संस्थागत सार्वजनिक अनुरोधलाई मनन् गर्दै खासगरी अवको महत्वपूर्ण भावी समय र हाम्रो ज़िम्मेदार भावी पुश्ताको उपलब्धिमुलक कार्यक्रम एवं उत्तरदायित्वलाई सवल, सक्षम, उत्तरदायी र उर्जावान बनाउन भनेर ए.एन.ए. को चम्किलो साथै उज्ज्वल भविष्यकोलागि सहयोगी बन्दै हामी सबै संग नजिक रहेर हातेमालो सहित सहकार्य गर्न मनै भित्र बाट उर्जावान भएर यस प्रकारको सकारात्मक दृष्टिकोणको बहुआयामी सोचमा आधारित हुँदै अगाड़ी बढ्नु खासगरी सार्वजनिक स्तर बाट सामाजिक मुल्य र मान्यताको खातिर निरन्तर रुपमा चल्नलाई समझदारी गर्ने आदरणीय गुरुंग र उँहा संग सम्बंधित हाम्रो समाजका सम्पूर्ण मान्यवरहरु साथै अन्य सबै बौद्धिक व्यक्तित्वलाई हार्दिक धन्यबाद एवं शुभकामना प्रदान गर्दै आँउने दिनहरुमा सवल रुपमै अगाड़ी बढ्नको लागि उपलब्धिमुलक मान्यतामा सफलतापूर्वक अवतरण गर्नको लागि सबैलाई अर्थात् श्रीमान् धिरेन गुरुंग र उँहा संग सम्बंधित सबै समाजसेवी मर्मस्पर्शका आदरणीय मान्यवरहरुलाई उत्तरोत्तर संवृद्धि, प्रगति र उज्ज्वल भविष्यको कामना गर्दछु।


“ए.एन.ए. लाई समक्ष एवं सवल बनाउदै नेपाली पहिचानलाई विश्व सामु स्थापित गर्ने महान अभियानमा हामी सबै जुटौं, कोहि पनि नछुटौं”।
सबैलाई धन्यवाद!

भवदीय,

खगेन्द्र अधिकारी
अध्यक्ष
Association of Nepalis in the Americas (ANA)
एवं ए.एन.ए. परिवार
उत्तर अमेरिका
मिति: अगष्ट १७, २०२३

प्रतिक्रिया