
वाशिंगटन डिसी – अमेरिकामा नेवा: भाषा संस्कृतिको जगेर्ना गर्न बिगत २५ बर्ष देखि सकृय रूपमा लागीरहेको संस्था “ नेवा: अर्गनाईजेसन अफ् अमेरिका ( NOA ) “ को नयॉ अध्यक्षमा श्री राजेशलाल श्रेस्ठ चुनिएका छन् ।
अमेरिकामा नेवा: संस्कृति चिनाउन र संस्कृति सम्बर्धन गर्नमा बिगत : चौबिस २४ बर्ष देखि एकदमै सकृय रूपमा खटेर लागी परेका मान्छे हुन जेशलाल श्रेस्ठ . पेशाले अमेरिकामा ट्राभल्स एजेन्सी “ एअर जोन ट्राभल्स “ का सन्चालक हुन् राजेशलाल श्रेस्ठ . एअर जोन् ट्राभल्स मार्फत नेपालीहरूलाई सहयोग गरीरहेका पनि छन् ।
NOA स्थापना भएको २५ बर्ष पुगेको उपलक्ष्यमा संस्थाको रजत जयन्ती Silver Jublee समारोह आयोजना गरेर सन् २०२६ – २०२८ कार्यकालको लागी NOA को नयॉ कार्यसमिति घोषणा गरिएको हो ।

NOA को नयॉ कार्यसमिति यसप्रकार रहेको छ :
१) अध्यक्ष – राजेशलाल श्रेस्ठ
२) प्रथम उपाध्यक्ष – दिवाकर धौमडेल
३) द्वितीय उपाध्यक्ष – बबिता श्रेस्ठ
४) महासचिब – प्रतिक श्रेस्ठ
५) सचिब – सचिन बैध्य
६) कोषाध्यक्ष- नबिन मोहन रन्जित
७) सदस्य – ज्योत्सना श्रेस्ठ
८) सदस्य – अमित खड्गी
९) सदस्य – सर्मिला
श्रेस्ठ म्याक् विलियम्स्
नयॉ अध्यक्ष राजेशलाल श्रेस्ठ र
नयॉ कार्यसमितिमा चुनिएका
सबैलाई सफल कार्यकालको
शुभकामना तथा बधाई छ ।
प्रतिक्रिया