
राष्ट्रिय स्वतन्त्र पार्टी(दल)का सभापति रवि लामिछाने बिरुद्ध सहकारीको प्रमाण छ भन्ने बिषयमा नेपाली कांग्रेसका वर्तमान सभापति गगन कुमार थापाले चलाएको मुद्धाले व्यापक चर्चा पायो ।
तर आज आउछ ,भोली आउछ , पर्सि आउछ भन्दा भन्दै युग बिताए तर प्रमाण आएन । देखाउन सकेनन् ।
यता अदालतले निस्पक्ष रुपमा एक पछि अर्को अदालतले सम्पत्ति सुद्धिकरण र संगठित अपराधका मुद्धामा सफाई दिदै गर्दा गगन, ओली ,आरजू राना ,देउबालाई निन्द्रा हराम भएको हुनु पर्छ । षडयन्त्र गरि बिधेयक पारित गरि दुई तिहाइको दम्म देखाई नभएको झुट्टा मुद्धा लगाई ५ वटा जिल्लामा लागि ९ महिना कारागारमा राखी सखाप पार्ने यिनीहरुको दिवा सपना अहिले तुहिएको छ । यीसबै पूर्ण रुपमा तनावमा रहेका छन् । सभापति गगन थापाले अब सहकारीको प्रमाण सार्वजनिक गर्दा राम्रो हुन्छ । यहाँ सत्यको जीत भएको छ ।
गगनले बिगतमा रबि लामिछाने बिरुद्ध सहकारीको प्रमाण सार्वजनिक गर्ने कुरा भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धीले झैँ गरे । उनले पनि प्रधान मन्त्रि मोदी सरकार बिरुद्ध प्रमाण खुलासा गर्छु भने तर जगत हसाए । यही कुरा गगन थापालाई नेपाली जनताको अझै प्रश्न रहेको छ । जनताले उनलाई रबि लामिछानेको प्रमाण खै भन्ने जिज्ञाशा राखी रहेका छन् ।
गगनले झुट बोले । गगन थापा अहिले सम्म भ्रष्टचारमा मुसिएका छैनन् । तर नेपाली कांग्रेसका कैयौ राजनीतिज्ञहरु भ्रष्ट छन् । उनलाई दल भ्रष्टको दलदलमा छ भने थाहा छ । उनले दल मै रास्वपाका सभापति रबी लामिछानलाई पूर्व प्रधान मन्त्री पुष्प कमल दाहालले धोका दिए पछि रबि लामिछानेलाई प्रधान मन्त्रिको प्रस्ताव गर्ने उनि नै हुन् । तर रविले मानेनन् । त्यस पछि उनि रबि बिरुद्ध यस्तो लागे कि ३ दशक सम्म पालै पालो देश दोहन गर्ने तिन वटा भ्रष्ट दलको कारण रबि लामिछानेलाई चक्कर माथी चक्कर काट्न लगाए । तर समय बदलिएको छ । उनि स्वयम् हारे । नेपाली कांग्रेसलाई पनि हराए । उनि पावा पछारिएको झैँ पछारिए ।
यसको जवाफ फागुन २१ आयो । थापा व्यक्तिगत नराम्रो नेता होइनन् । तर आरजु र ओली सँग लागे । रबिलाई सिध्याउने तर्फ लाग्दा अहिले उनको बेहाल छन् । यता बालेन शाह प्रधान मन्त्री भै सके । ३ दशक राजनीतिमा बिताउदा पनि प्रधानमन्त्री बन्ने गगनको कहिले पालो आउने हो ?
जे होस् अब ,रबि लामिछानेको प्रमाण देखाई दिनु पर्छ । नत्र ढिलो हुन्छ ।
प्रतिक्रिया