रुसको एक इन्धन चौकी (ग्यास स्टेशन)मा भएको विस्फोटमा २५ जनाको मृत्यु भएको छ भने कम्तीमा ६६ जना घाइते भएका छन् । कम्तीमा ६६ जना घाइतेको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मङ्गलबार साँझ दागेस्तानको दक्षिणी क्षेत्रको रुसी शहर मखाचकलामा रहेको एउटा इन्धन चौकी (ग्यास स्टेशन)मा विस्फोट हुँदा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
६६ जनाको अस्पतालमा उपचार भइरहेको छ जसमा १० जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा तीन बालबालिका रहेको अधिकारीहरुले जनाएका छन् ।
अधिकारीहरूक अनुसार आगलागी इन्धन चौकीमा फैलनु अघि नजिकैको निजि सवारी साधन(कार) सुरु भएको थियो भनि एबिसीन्यूजले बताएको छ ।
स्टेशनका आठवटा तेलकुण्ड (ट्याङ्की)मध्ये दुईवटा विस्फोट भएको अधिकारीहरूले बताएका छन्।
रुसको आपतकालिन मन्त्रालयले जारी गरेको तस्बिरहरूमा अग्नि नियन्त्रकहरूले एउटा संरचना र धेरै सवारीसाधनलाई आगोले लपेटेको देखिन्छ।
आपतकालीन प्रतिक्रियाको एक भागको रूपमा नजिकैको ग्यास आपूर्ति बन्द गरिएको स्थानीय अधिकारीहरूले भने।
“उपभोक्ताको जीवन वा स्वास्थ्यको सुरक्षाको लागि आवश्यकताहरू पूरा नगर्ने सेवाहरूको प्रावधान, लापरवाहीबाट दुई वा बढी व्यक्तिको मृत्यु हुने” धारा अन्तर्गत फौजदारी मुद्दा चलाइएको स्थानीय अधिकारीहरूले बताए ।
मखाचकला, जो दागेस्तान क्षेत्रको राजधानी हो, क्यास्पियन सागरमा रहेको बन्दरगाह शहर हो।
प्रतिक्रिया