पोल्याण्डले दुई रुसीलाई निजी सैन्य समूह वाग्नरका लागि जासुसी गरेको र वाग्नरको प्रचार फैलाएको आरोपमा पक्राउ गरेको छ । “आन्तरिक सुरक्षा सँस्था(एजेन्सी)ले प्रहरीसँग काम गर्दै क्राको र वार्सामा वाग्नर समूहको प्रचार सामग्री वितरण गर्ने दुई रुसीहरूलाई पहिचान गरी हिरासतमा लिएको छ,” पोल्याण्डका आन्तरिक मन्त्री मारियस कमिन्स्कीले सामाजिक संजाल एक्समा सोमबार प्रकाशन गरेका छन् ।
“दुबैलाई उनीहरूको आरोप सुनाइयो जसमा जासुसी समावेश छ, र उनीहरुलाई हिरासतमा लिइयो,” उनले थपे।
सीमामा बढेको सैन्य गतिविधिको बीचमा छिमेकी पोल्याण्ड र क्रेमलिन सहयोगीबीचको तनाव बढ्दै गएर हजारौं वाग्नर सेनालाई बेलारुसमा सारिएको थियो।
पोल्याण्डको सेनाले मंगलबार देशको सेना दिवसको लागि अन्तिम तयारी गरिरहेको छ भनि सिएनएनले जनाएको छ ।
प्रतिक्रिया