न्यूयोर्कमा सम्पन्न छैठौ ग्लोबल फिल्म अवार्डमा उत्कृष्ठ अभिनेता अनमोल केसी ,सर्वोत्कृष्ट डायस्पोरा चलचित्र पुरस्कार लक्का जवान तथा चलचित्र दीर्घ साधना सम्मान शिव श्रेष्ठलाई प्रदान

इनेप्लिज २०८० साउन २८ गते १४:३४ मा प्रकाशित

अमेरिकाको न्यूयोर्कको सम्पन्न छैठौ ग्लोबल नेपाली फिल्म अवार्ड(छैठो बिश्व चलचित्र पुरस्कार )समारोहमा सर्वोत्कष्ठ डायस्पोरा चलचित्रको पुरस्कार लक्का जवानले पुरस्कार जितेको छ ।

गत शनिवार,अगस्त १२ मा न्यूयोर्क शहरको क्विन्सको मेलरोज बलरुममा आयोजित सम्पन्न पुरस्कार समारोहमा बिभिन्न विधा अन्तर्गत चलचित्र तथा कलाकर्मी मध्ये सर्वोत्कृष्टलाई पुरस्कार वितरण गरिएको हो ।

चलचित्रकर्मीहरूलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना गरिएको
हो ।

अमेरिकाको बिभिन्न राज्यहरु कोलोराडो,क्यालिफोर्निया राज्यहरुमा सफलतापूर्वक सम्पन्न भै सकेका छन भने छैठो सॅस्करण २०२३ मा न्यूयोर्क राज्यमा भव्य कार्यक्रम बीच समापन भएको छ ।

न्यूयोर्कको ड्रिम्स युनिभर्सल एलएलसीले आतिथ्यता गरेको हो भने गर्ने यसका प्रमुख शैलेश श्रेष्ठ हुन् ।

त्यस्तै यस पटकको पुरस्कार समारोहमा सर्वोत्कृष्ट अभिनेता तर्फको पुरस्कार अनमोल केसीले जितेका छन् ।

सर्वोत्कृष्ठ अभिनेत्रीको पुरस्कार स्वस्तिमा खडकाले जितेकी छिन भने उनि समारोहमा अनुपस्थित थिईन ।

यसैगरि चरित्र अभिनेता पुरुष तर्फ वरिष्ठ कलाकार सुनिल थापा तथा चरित्र अभिनेत्रीको पुरस्कार प्रियॅका कार्कीलाई प्रदान गरिएको छ ।

चलचित्र दीर्घ साधना सम्मान ४० बर्ष सम्म चलचित्र उधोगमा योगदान गरे वापत शिव श्रेष्ठलाई प्रदान गरिएको छ ।

बर्षकी उत्कृष्ठ गायिकामा प्रविशा अधिकारीलाई पुरस्कार प्रदान गरिएको छ भने उत्कृष्ठ नृत्य निर्देशकको पुरस्कार शिव बिकलाई प्रदान गरिएको छ ।

यस्तै अभिनेता सरोज खनाललाई चलचित्र सिद्धि पुरस्कार प्रदान गरिएको छ । सुवास बि थापालाई डायसपोरा अभिनेताको पुरस्कार प्रदान गरिएको छ ।उत्कृष्ठ निर्देशकमा सन्तोष सेनलाई प्रदान गरिएको छ भने प्रेमगीत -३ ले उत्कृष्ठ चलचित्र पुरस्कार जित्न सफल भएको छ । यसैगरि अभियान प्रशसॅा पत्रद्वारा नारायण पुरी, नारायण श्रेष्ठ तथा सुनिल पाठकलाई प्रदान गरिएको थियो ।

यसैगरि बिभिन्न कलाकर्मीहरू मध्ये अनिल पाण्डे, सन्तोष रामदन, केदार उप्रेती,बिक्रान्त बस्नेत लगायतलाई समेत सम्मान गरिएको थियो ।

चलचित्र क्षेत्रलाई महत्वपूर्ण योगदान पुर्याउँदै आएका चलचित्रकर्मी तथा सञ्चारकर्मीलाई पनि सम्मान गरिएको समारोहमा मिस नेपाल नर्थ अमेरिका जुवली शेर्पा द्वितीय उप बिजेता इशा सुवेदीलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।

यस पटक यो समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी ,शिव श्रेष्ठ, कृष्ण मल्ल, सुनिल थापा, शर्मिला मल्ल, प्रियंका कार्की, आयुष्मान जोशी,अनमोल केसी, सरोज खनाल निखिल उप्रेती ,रेश्मा घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान, गाउँदेखि विश्वसम्म’ भन्ने नारा सहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को छैठो संस्करण अन्तरगतको अवार्ड समारोह सहितको चलचित्र समारोह एटिए एभरेष्ट इन्स्योरेन्स(बिमा )को मुख्य प्रायोजन र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्योरेन्स(बिमा ) संस्थाको सह प्रयोजनमा आयोजित समारोह हो ।

यस पटक कार्यक्रम सॅचालन चार जना निशा पाठक, बिक्की पुलामी, प्रिया रानी लामा तथा सागरिका श्रेष्ठले गरेका थिए ।

नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एलएलसीले संयुक्त रूपमा समारोहको आयोजना गरेको हो । अवार्ड(पुरस्कार)का संरक्षक तथा नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्ल हुन् भने ग्लोबल फिल्म अवार्ड(पुरस्कार)का अध्यक्ष नवराज श्रेष्ठ हुन् ।

प्रतिक्रिया