विश्व महिला लात्ते भकुन्डो प्रतियोगितामा अष्ट्रेलियाले फ्रान्सलाई ७–६ ले हराउँदै पहिलो पटक सेमिफाइनलमा प्रवेश

इनेप्लिज २०८० साउन २७ गते १२:५९ मा प्रकाशित

विश्व महिला लात्ते भकुन्डो ( फुटवल)प्रतियोगितामा अष्ट्रेलियाले फ्रान्सलाई ७–६ ले हराउँदै पहिलो पटक सेमिफाइनलमा प्रवेश
छ ।

ब्रिस्बेनमा शनिबार राति भएको नाटकीय खेलमा सह आयोजक अष्ट्रेलियाले फ्रान्सलाई दण्ड प्रहार(पेनाल्टी सुटआउट)मा ७–६ ले हराउँदै इतिहासमै पहिलो पटक महिला विश्वकप भकुण्डो प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

डेढ घन्टा खेलाई सके पछि अतिरिक्त समयमा पनि खेलाउदा कुनै पक्षले बाजी मार्न नसके पछि अन्त्यमा दण्ड प्रहार( पेनाल्टी)प्रहार गर्दा अष्ट्र्लिया भाग्यशाली बन्न पुगेको छ।

कर्टनी भाईनले अन्तिम प्रहारले बिजयी गराए पछि अस्ट्रेलियाका खेलाडी, प्रशिक्षक र प्रशॅसकहरुको खुसिको सीमै रहेन ।

यता सेमिफाइनल इङ्ल्यान्ड र कोलम्बियासँगको भिडन्त भै रहेको छ ।

प्रतिक्रिया