अर्को मानवरहित यान (ड्रोन )रुसी राजधानीमा शुक्रबार उडेको देखियो तर त्यसलाई नष्ट गरिएको मस्को अधिकारीहरूले बताएका छन् ।
सामाजिक सञ्जालमा भएका अङ्किय दृश्य ( भिडियो)हरूले शहरमा मानवरहित यान उडिरहेको र कारामिशेभस्काया तटबन्ध नजिकै तल आएको देखाएको छ भनि सिएनएनले उल्लेख गरेको छ ।
मस्कोका नगर प्रमुख सर्गेई सोब्यानिनले टेलिग्राममा भने: “एक मानवरहित यान शहरमा उड्ने प्रयास गरिएको थियो। वायु रक्षाद्वारा यसलाई नष्ट गरियो । काराम्यशेभस्काया तटबन्धको क्षेत्रमा भग्नावशेष खसेपछि कसैलाई चोटपटक नलागेको बताए । कुनै गम्भीर क्षति नभएको र आपतकालीन सेवाहरू घटनास्थलमा रहेको बताए ।
आधिकारिक समाचार संस्था टासले मस्कोको दक्षिण-पश्चिममा भनुकोभो विमानस्थल आवतजावतमा प्रतिबन्ध लगाइएको बताएको छ।
प्रतिक्रिया