पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको नवाबशाह शहर नजिकै एउटा रेल दुर्घटना हुँदा कम्तीमा १५ यात्रुको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएका अधिकारीहरूले आइतबार बताएका छन्।
हजारा एक्सप्रेस नामक रेल कराँचीबाट रावलपिंडी जाँदै गर्दा नवाबशाहको सरहरी रेलवे स्टेशन (रेलस्थानक)नजिकै १० वटा दिवा रेलमार्गबाट बाहिर खसेको वरिष्ठ रेल अधिकारी महमूदुर रहमान लाखोले बताए। दुर्घटनाग्रस्त क्षेत्रमा रेलका प्रमुख रहेका छन्।
लाखोका अनुसार उद्धार टोलीले घाइते यात्रुहरूलाई नजिकैको नवाबशाहको पीपुल्स अस्पतालमा पुर्याएको छ ।
रेलवेका अर्का वरिष्ठ अधिकारी मोहसिन सायलले घटनास्थलमा मर्मतका लागि रेल पठाइएकाले मुख्य रेल मार्गमा रेल यातायात अवरुद्ध भएको बताए। सायलले रेलका यात्रुका लागि वैकल्पिक यात्राको व्यवस्था र स्वास्थ्य सेवा उपलब्ध गराइने बताए ।
पाकिस्तानमा औपनिवेशिक युगको सञ्चार र संकेत प्रणालीको आधुनिकीकरण नभएको र सुरक्षा मापदण्डहरू कमजोर भएको ठाउँमा रेल दुर्घटनाहरू प्रायः खराब मर्मत गरिएको रेलवे मार्गहरूमा हुने गर्दछ भनि एबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ।
प्रतिक्रिया