मेक्सिकोमा ४९१ आप्रवासीहरुलाई थुनिएको अवस्थामा फेला

इनेप्लिज २०८० साउन २१ गते १०:५७ मा प्रकाशित

मेक्सिकोले ४९१ आप्रवासीलाई थुनिएको अवस्थामा फेला पारेको छ । मेक्सिकोको अध्यागमन सँस्था (एजेन्सी)ले शुक्रबार ढिलो गरी मेक्सिको सिटी(शाहर)को पूर्वमा रहेको राजमार्गको छेउमा रहेको एउटा हाता (कम्पाउण्ड)मा ४९१ आप्रवासीलाई थुनिएको फेला पारेको बताएको छ ।

छ जना ग्वाटेमालाका बाहेक अन्य सबै होन्डुरन्सका हुन् भनि एबिसीन्यूजले जनाएको छ ।

आप्रवासीहरूमध्ये २७७ जना बालबालिका र किशोरहरू रहेका छन् जसमध्ये अधिकांश आफन्तहरूसँग यात्रा गरिरहेका थिए। एबिसीन्यूजका अनुसार ५२ जना नाबालिग पनि रहेको जनाएको छ ।

आप्रवासीहरूलाई प्युब्ला शहर नजिकैको पर्खाल परिसरमा आप्रवासी तस्करहरूले बारम्बार प्रयोग गर्ने मार्गमा राखिएको थियो। आप्रवासीहरूलाई राष्ट्रिय अध्यागमन संस्थानको कार्यालयमा लगिएको छ ।

मेक्सिकोका तस्करहरूले आप्रवासीहरूलाई बारम्बार त्यस्ता परिसर(कम्पाउन्ड)हरूमा लुकाउँछन् । उनीहरूलाई यातायातबाट अमेरिकी सीमामा लैजान नसकुन्जेल यस्तै स्थानमा राख्ने बताईएको छ ।

प्रतिक्रिया