रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा प्रमुख प्रतिद्वन्द्वीलाई अतिवादको आरोपमा शुक्रबार थप दुई दशक कारागार सजाय सुनाइने भएको एबिसीन्यूजले समाचार लेखेको छ ।
एक रूसी न्यायाधीशले मस्कोबाट लगभग १४५ माईल पूर्व, मेलेखोभोको अधिकतम-सुरक्षा कारागार शिविर भित्रको अदालतमा एलेक्सी नाभाल्नी विरुद्ध बन्द-ढोका मुद्दामा फैसला सुनाउने तयारी गरेको छ ।
जहाँ उनि पहिले नै साढे एघार बर्ष देखि कारागारमै रहेका छन्। रूसी अभियोजकहरूले २० वर्षको कैद सजायको अनुरोध गरेका छन ।
यदि न्यायाधीशले नाभाल्नीलाई दोषी ठहराए भने यो उनको पाँचौं आपराधिक सजाय हुनेछ।
४७ वर्षीय वकिलबाट राजनीतिज्ञ बनेका उनी २०२१ देखि कारागारमा छन । यस वर्षको सुरुमा नाभाल्नीको टोलीले एकान्त कारावासमा रहँदा उनको बिग्रँदै गएको र उनले कुनै उपचार नपाएको बताएका थिए । उनलाई बारम्बार महिनौंसम्म दुई हप्ताको लागि एकान्त कारावासमा राखिएको थियो ।
प्रतिक्रिया