बन्दीत्व

मोहन सुवेदी,तेजपुर,असम, भारत २०८० साउन १८ गते ११:०५ मा प्रकाशित

भिन्नै समयको दावीमा गर्जिन्छ
सिङ्गो आकाश पानीको
सुनिन्छ मौन संलापका सुस्केराहरू

प्रवाहित सोचाइको स्रोतसित
बग्दै गएका जिन्दावाद मुर्दावादहरू
बालुवामाथि बगेका पाइतलाका छाप

पानीको पनि झर्छ आँसु बररर
अरण्य जसरी, रुख,पात,जीव-जन्तु
ताडनाको चेपारोमा हुर्किएका धिक्कारहरू

पीरहरू उड्दै छन्, उत्रिदैछन्
नीलो चऊर माथिको सेतो बकुल्लो
कित एकुवारियाममा चोबलिएका रङ्गीन माछा

नदीको अकाल मृत्युपछि
मरुको छातीमा सुकेको पोखरीको किनारमा
हल्लिदैछ एउटा बोट क्याक्टसको …….

  • मोहन सुवेदी,तेजपुर,असम, भारत

प्रतिक्रिया