सपना फलाउने मैंनबत्ती( कविता)

 पूर्णकुमार शर्मा, समारदलनि, २०८० साउन १८ गते ३:२१ मा प्रकाशित

खल्तीमा बोकि ल्याँउछु उनीहरूको
जीवनको सपना दिनहुँ
तालु देखि तालु सम्मको खोलि हान्छु
जिब्रोको खन्तीले मथिङ्गलमा
जरा गाडियोस आँखामा भनेर।

कोही वर्ष फसल लाग्छ पोटिलो
कोही वर्ष आमा बाउको सपना
उलाउले(बाढीले)खान्छ बाउधान खाएझैं
तालु खुइलिने समस्या सधैंको
विपना अलमल्ल पर्छ फसल हौसिंदा।

म सपनालाई समात्न नयाँ जाल बुन्छु
गर्धन माथि नरिवल हल्लाँउछु
स्वादिलो मखानले खिया पखाल्न
आमा ढुक्क हुन्छिन नानीको यो कथा
मैंनबत्तीको उज्यालोले धोइन्छ भनेर।

वर्षेनी हजारौं सपना रोप्छु
हीरा फुल्ने सूर्य देखिने बाटो हिँडेर
आजको फर्स्याँईदो आकाश
उसबेला भविष्यलाई दाईजोमा दिएको
सपना फलाउने मैंनबत्ती आज
क्रमशः जुन घामलाई बाटो उक्लिन अनि
उज्यालो अनुहार समाधिस्थ हुँदै
समयको गर्भमा,युग देखि युग सम्म।

 पूर्णकुमार शर्मा, समारदलनि,
                 विश्वनाथ, असम ।
                 मोबाइल -९१०१३१५६०७.

“”””””””””””समारदलनि””””

प्रतिक्रिया