लस एन्जलसको उपनगर ह्विटियरमा प्रहरी माथि गोली प्रहार ,संदिग्धलाई पनि घाइते

इनेप्लिज २०८० साउन १६ गते ११:२७ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस महानगरको उपनगर ह्विटियरमा प्रहरी माथि गोली प्रहार भएको छ भने प्रहरीले पनि संदिग्धलाई गोली चलाउदा घाइते भएको जनाएका छन ।

गत सोमबार एक प्रहरी अधिकारीलाई गोली हानिएको र संदिग्ध बन्दुकधारी पनि घाइते भएको प्रहरी अधिकारीहरूले बताएका छन् । लस एन्जलस काउन्टी शेरिफ विभागका अनुसार गोलीबारी राती ९ बजे भएको थियो। अधिकारी र संदिग्धलाई अस्पतालमा भर्ना गरिएको छ तर उनीहरूको अवस्थाको बारेमा कुनै थप जनाकारी नभएको एबिसीन्यूजले जनाएको छ ।

ह्विटियरमा लगभग २४ माइल (३९ किलोमिटर) लस एन्जलसको मुख्य वजारबाट दक्षिणपूर्व पर्दछ ।

प्रतिक्रिया