बहामासमा एक अमेरिकी महिलालाई आफ्नो श्रीमानको हत्या गर्ने षड्यन्त्र गरेको अभियोग सहित गिरफ्तार

इनेप्लिज २०८० साउन १६ गते १:१९ मा प्रकाशित

बहामासमा एक अमेरिकी महिलालाई आफ्नो श्रीमानको हत्या गर्ने षड्यन्त्र गरेको अभियोग लगाइएको छ । महिलालाई बहामासमा गिरफ्तार गरिएको थियो । प्रहरीका अनुसार दम्पतीले सम्बन्धविच्छेदको लागि मुद्धा दायर गरेको केही महिना पछि आफ्नो पतिको हत्या गर्ने षड्यन्त्र गरेको आरोप लगाइएको प्रहरीले बिज्ञप्तिमा उल्लेख गरेका छन् ।

थोमसभिल, जर्जियाकी ३६ वर्षीया लिन्डसे शिभरलाई दुई बहामास निवासी २८ वर्षीय टेरेन्स एड्रियन बेथेल र २९ वर्षीय फारोन न्यूबोल्ड जूनियरसँग मिलेर आफ्ना पति रोबर्ट सिभरको हत्या गर्ने षड्यन्त्र गरेको अभियोग लगाइएको छ। ।

अभियोजकहरूका अनुसार आरोपितहरूले जुलाई १६ मा एबाको टापुमा सँगै हुँदा पतिको हत्या गर्ने षड्यन्त्र रचेका थिए। बेथेल र न्यूबोल्ड जूनियरलाई पनि प्रहरी हिरासतमा लिइएको छ । उनीहरुले हत्याको षड्यन्त्रको सामना गरि रहेका छन् भने तीन प्रतिवादीलाई नासाउको राजधानी लगिएको थियो।

बहामाका प्रहरीले एक छुट्टै आपराधिक अनुसन्धानको क्रममा षड्यन्त्रलाई सफलतापूर्वक असफल बनाउन सफल भएका थिए । अदालतका कागजातहरूका अनुसार शुक्रबारको अभियोगमा वकिलहरूले अदालतमा प्रतिवादीहरूको प्रतिनिधित्व गरेका थिए। अक्टोबर ५ को अदालतको सुनुवाई सम्म बहामास सुधार विभागमा राखिने भएको छ ।

लिन्डसे र रोबर्ट शिभर दुबै अबर्न विश्वविद्यालयमा पढेका थिए भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया