अमेरिकाको टेनेसीमा एक हतियारधारी व्यक्तिले एक यहूदी विद्यालयमा भित्र पस्न नसकेपछि बाहिर गोली हाने : प्रहरी

इनेप्लिज २०८० साउन १५ गते २३:५० मा प्रकाशित

अमेरिकाको टेनेसीमा एक हतियारधारी व्यक्तिले एक यहूदी विद्यालयमा भित्र पस्न नसकेपछि बाहिर गोली हानेको प्रहरीले बताएका छन् । हतियारधारी व्यक्तिले मेम्फिसको एक यहूदी विद्यालयमा प्रवेश गर्न खोजे तर उनि भित्र पस्न असफल भए पछि बाहिर गोली हानेका थिए ।

मेम्फिस प्रहरीलाई १२:२० बजे लाई मार्गोलिन हिब्रू एकेडेमी-फेनस्टोन येशिवामा बोलाइएको थियो । मेम्फिस प्रहरी सहायक प्रमुख डन क्रोका अनुसार एक हतियारधारी व्यक्तिले बिद्यालय प्रवेश गर्ने प्रयास गरेपछि बोलाईएको बताए ।

संदिग्ध व्यक्तिले भवन भित्र पस्ने प्रयास गरे तर भित्र पस्न सकेनन् । “जब उनले प्रवेश पाउन सकेनन, उनले बिद्यालय बाहिर गोली हाने,” क्रोले भने। विद्यालयमा कोही पनि घाइते नभएको सिएनएनले समाचार लेखेको छ ।

विद्यालयका अधिकारीहरूले प्रहरीलाई संदिग्धको रातो खैरोरंगको डज राम मालबाहक गाडीको तस्बिर र विवरण दिएका थिए । केही समय पछि मेम्फिसका प्रहरी अधिकारीहरूले गाडी भेट्टाए र चालकलाई रोके। संदिग्ध व्यक्ति हातमा बन्दुक लिएर मालबाहक गाडीबात बाहिर निस्के र एक अधिकारीले उनलाई गोली हानेका थिए ।

संदिग्धलाई स्थानीय अस्पतालमा लगिएको छ र उनको अवस्था गम्भीर भएको बताईएको छ । टेनेसी ब्यूरो अफ इन्भेस्टिगेशन( टेनेसी अनुसन्धान बिभाग)ले एफबीआईको सहयोगमा अनुसन्धानको नेतृत्व गरिरहेको बताईएको छ । शेल्बी काउन्टी शेरिफको कार्यालय र बार्टलेट प्रहरी विभागले संदिग्धलाई फेला पार्न मद्धत गरेका थिए ।

मार्गोलिन हिब्रू एकेडेमी-फेइन्स्टोन येशिवाले शिशु कक्षा देखि १२ औं कक्षासम्मका विद्यार्थीहरूलाई सेवा गर्दै आएको जनाईएको छ । विद्यालयले छात्रावासमा बस्ने विद्यार्थी र बिद्यालयका विद्यार्थी दुवैलाई पढाउँछ।

प्रतिक्रिया