अमेरिकाको विस्कनसिन राज्यमा एक हृदयविदारक घटना घटेको छ। विस्कनसिन राज्यको रासिन शहरमा ११ वर्षीय बालकको आफ्नै सहोदरको गोली प्रहारबाट अकस्मात मृत्यु भएको प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन्।
यो घटना गत शुक्रबार राति १०:३३ बजे भयो। रासिन प्रहरी विभागले बालकलाई गोली लागेको सूचना पाएपछि अस्पताल लगिएको रासिन प्रहरीले बताए। प्रहरीका अनुसार, बालकलाई परिवारकै सदस्यले अस्पताल पुर्याएका थिए, तर एक गोली लागेका बालकको ज्यान जोगाउन सकिएन।
घटना रासिनको प्रोस्पेक्ट स्ट्रिट स्थित घरमै भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार, बालकलाईआफ्नै सहोदर दाजुभाइले गल्तीले गोली चलाएको ठहर भएको छ। घटनापछि एक संदिग्धलाई पहिचान गरी नियन्त्रणमा लिइएको पनि पुष्टि गरिएको छ।
तर प्रहरीले अझै पनि बालबालिकाहरू कसरी घरभित्र बन्दुकमा पहुँच पुगे र गोली चल्ने अवस्था कसरी सिर्जना भन्ने बारे बताएका छैनन् ।
यो घटनाले अमेरिका भित्रको घरभित्रै बालबालिकाहरूको बन्दुक पहुँचबारे चिन्ताजनक बहस फेरि उठाएको छ ।
अनुसन्धान अझै जारी रहेको र थप विवरणहरू सार्वजनिक गरिने बताइएको छ। घटनाले परिवार, समुदाय र सम्पूर्ण राष्ट्रलाई गहिरो स्तब्ध तुल्याएको छ।
प्रतिक्रिया