टेस्लाका प्रमुख इलन मस्कले अब राजनीतिमा निकै कम खर्च गर्ने योजना बनाएको बताएका छन्। मंगलबार कतार आर्थिक मन्च( इकोनोमिक फोरम)मा उनले भने, “राजनीतिक खर्चको हिसाबले म अब भविष्यमा धेरै कम गर्नेछु।”
उनलाई किन यस्तो निर्णय लिन लागेको भनि सोधिएको जिज्ञाशामा उनले छोटो जवाफ दिए — “मलाई लाग्छ, मैले पर्याप्त गरिसकेको छु।”
तर मस्कले भविष्यमा आफ्नो विचार परिवर्तन हुन सक्ने संकेत पनि दिए। उनले भने, “यदि राजनीतिमा खर्च गर्नुपर्ने कुनै कारण देखेँ भने, म त्यसो गर्नेछु।”
विश्ककै सबैभन्दा धनी व्यक्ति मस्कले सन् २०२४ को चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लिकन उम्मेदवारहरूलाई सहयोग गर्न २९० मिलियन डलरभन्दा बढी खर्च गरेका थिए।
उनले ट्रम्पसँग सम्बन्धित राजनीतिक समूहहरूमा मात्रै १०० मिलियन डलर खर्च गर्ने वाचा गरेका थिए।
तर अबको घोषणाले मस्कको आर्थिक समर्थनमा कुनै ठुलो परिवर्तन आउन सक्ने संकेत दिएको छ। उनको एक राजनीतिक सल्लाहकारले मंगलबार यसबारे टिप्पणी गर्न अस्वीकार गरे।
मस्कको यस्तो निर्णयले राष्ट्रपति डोनाल्ड ट्रम्पको अभियानमा गम्भीर असर पार्न सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया