एउटा सामान्य जीवन च्याएर हेर्दा  ( कविता)

पूर्णकुमार शर्मा, समारदलनि, विश्वनाथ,असम २०८० साउन १४ गते १४:५३ मा प्रकाशित

बीचबिचमा यो जीवन भित्र लुकेको मनको जीवन च्यातिने गर्छ ।
कलिलो उमेरमा कहिलेकाहीँ यो
थाहै नपाई प्रेमको काँडामा अल्झेर
आफैंआंफ पनि च्यातिने गर्थ्यो,
भावनाले चिथोरेर रक्ताम्मे पार्थ्यो ।।

उसका ती मनप्राण कोपर्ने नङ्ग्रा
म जस्तै अर्को कोहीमा गाडिए पछि
मेरा मनका रगतका फोका सुके
त्यस बिमूर्त कलेजोमा अर्को
चन्द्रमाको एकादशी झैं स्निग्धता छायो ।

सुपारीको बोटमा पानले अङ्गालो हालेझैं
हाम्रो युग्मताले आकाश छुने रहरले
जीवनका हावापानी चट्याङ झेलेर
संसारको बास्तविक अनुहार सँग
दुरुस्त पारो, हामी दुईको चार भएर
फूलिउ फलिउ,रूखझैं,बगिउ खोला झैं ।

संसार बिचित्रको छ भन्ने थाहा पायौँ
नचिताएको दुख कष्ट,
सुख शान्ति भोगिउ,सिकिउ, बुझिउ, वन्यजन्तु सधायौँ !
अरुले सधाए पैंचोमा हामीले सघायौं
आँखाले देखेको मान्छेमा सुन्दरता
अनि उसभित्र भएको लोभी,भोको र
दिन रात भिन्नाभिन्नै रुप लिने
भित्री मान्छे जागेर
भाँडभैलो गरेको पनि देखिउ,
च्याएर हेर्दा जीवन जताततै च्यातिएको,
टालेको नाटकको एउटा
पुरानो पर्दा रहेछ,
त्यसैमा मख्ख परेर
हाम्रो मनमा युद्ध लाग्दो रहेछ,
साँच्चै जीवन च्याएर हेर्दा अचम्मको
कहनी बोकेको रिस, राग, अहंकार
द्वेष क्लेषको दागले विवर्ण भएको
च्यातिउ च्यातिउ भएको एउटा
नाटकको दृश्य समापन गर्ने
पर्दा पो रहेछ ।

पूर्णकुमार शर्मा, समारदलनि,
विश्वनाथ,असम-७८४१७५.

प्रतिक्रिया