ह्वाइट हाउस नजिकै गाडीले ठक्कर दिई फरार रहेका हत्याको आरोपमा संदिग्ध पक्राउ

इनेप्लिज २०८० साउन १२ गते ११:३३ मा प्रकाशित

ह्वाइट हाउस नजिकै गाडीले ठक्कर दिई फरार रहेका हत्याको आरोपमा संदिग्ध पक्राउ परेका छन् ।

यस महिनाको सुरुमा ह्वाइट हाउस नजिकै भएको घातक ठक्कर र फरार (हिट एण्ड रन)मा संलग्न रहेका एक संदिग्धलाई पक्राउ गरिएको छ । उनलाई त्यस बखत अमेरिकी गोप्य सेवाका अधिकारीहरूले पछ्याएको अधिकारीले बताए ।

वासिङ्टन, डीसीका ३३ वर्षीय बेन्जामिन रोबर्टसनलाई दोश्रो श्रेणीको हत्याको आरोपमा बिहीबार पक्राउ गरिएको अमेरिकी पार्क प्रहरीले पुष्टि गरेको छ।

जुलाई १२ को दिउँसो गोप्य सेवाका अधिकारीहरूले एलिप्स र वाशिंगटन स्मारक नजिकैको चौक नजिक म्याद सकिएको दर्ता भएको गाडको चालकलाई सोधपुछ गर्दा उनि भागेका थिए ,जुन व्हाइट हाउसको दक्षिणमा पर्दछ ।

चालक रातो बत्तीमा भागेका थिए । भाग्ने क्रममा फिलाडेल्फियाका ७५ वर्षीय बृद्धलाई गाडीले ठक्कर दिदा उनको मृत्यु भएको गोप्य सेवाले बताएको छ ।
साथै एक १३ वर्षीया बालिकालाई पनि सामान्य चोटपटकका लागि घटनास्थलमा स्वास्थ्यकर्मीहरूले उपचार गरेका थिए।

प्रतिक्रिया