बिश्व प्रसिद्ध गीत ‘नथिङ कम्पेयर टु यू’ गायिका सिनिड ओकनर ५६ वर्षको उमेरमा निधन

इनेप्लिज २०८० साउन ११ गते १०:५३ मा प्रकाशित

बिश्व प्रसिद्ध गीत ‘नथिङ कम्पेयर टु यू’ गायिका सिनिड ओकनर ५६ वर्षको उमेरमा निधन भएको छ । आयरल्याण्डकी चर्चित गायिका -गीतकारले १९९१ मा ग्रामी पुरस्कार जितेकी थिइन् ।

दु:खका साथ हामी हाम्रो प्रिय सिनिडको निधनको घोषणा गर्दछौं। उनको परिवार र साथीहरू मर्माहत भएका छन् र यो धेरै कठिन समयमा गोपनीयताको लागि अनुरोध गरेको ओकनरको परिवारले एबीसी न्यूजलाई प्रदान गरेको विज्ञप्तिमा भनिएको छ ।

आयरल्यान्डका प्रधानमन्त्री लियो वराडकरले ओकनरको मृत्यु पछि सिनेड ओकनरको निधनको खबर सुनेर साँच्चै दुःख लाग्यो। उनको संगीतलाई विश्वभर माया गरिएको थियो र उनको प्रतिभा अतुलनीय र तुलनात्मक थियो। उनको परिवार, उनका साथीहरू र उनको संगीत मन पराउने सबैमाप्रति समवेदना दिएका छन्

डिसेम्बर ८ ,१९६६ मा डब्लिनमा जन्म भएकी ओकनरले १९८० को दशकमा आफ्नो संगीत यात्रा सुरु गरेकी थिइन् । १९९० मा उनले आफ्नो सोफोमोर गीतियात्रा (एल्बम), “आई डोन्ट वान्ट व्हाट आई ह्याभन्ट गट” बिमोचन गरेकी थिइन् । जसमा “नथिङ कम्पेयर टु यू’ नामक गीत सर्वाधिक चर्चाको शिखरमा पुगेको थियो ।

प्रतिक्रिया