कोलोराडोमा पूर्व प्रेमीद्वारा अपहरणमा परेकी महिला जीवित फेला : प्रहरी

इनेप्लिज २०८० साउन १० गते २३:२७ मा प्रकाशित

अमेरिकाको कोलोराडो राज्यमा आफ्नो पूर्व प्रेमीद्वारा अपहरणमा परेकी एक महिला जीवितै जिउदै फेला परेकी प्रहरीले बताएका छन् । जेसिका मेइस नामक कोलोराडोकी एक महिला जसलाई उनको पूर्व प्रेमीले अपहरण गरेको थिए ।

उनलाई बुधवार जिउँदै फेला पारिएको र स्थानीय अस्पतालमा लगिएको अरापाहो काउन्टी शेरिफको कार्यालयले जनाएको छ ।

मेइसको स्वास्थ्य अवस्था अहिले अज्ञात रहेको समाचार एबिसीन्यूजले समाचार लेखेको छ । ४३ वर्षीया मेइसलाई उनका पूर्व ४३ वर्षीय  प्रेमी लान्स फोस्टरले जबरजस्ती अपहरण गरेपछि मंगलबारदेखि बेपत्ता भएकी थिइन। फोस्टरलाई पक्राउ गरिएको र हाल प्रहरी हिरासतमा रहेको शेरिफको कार्यालयले जनाएको छ ।

कोलोराडो ब्यूरो अफ इन्भेस्टिगेशन( अनुसन्धान बिभाग)का अनुसार प्रत्यक्षदर्शीहरूले प्रहरीलाई बताए अनुसार मेइसलाई जबरजस्ती अपहरण गरिएको र अन्तरराज्यीय ७० मा अज्ञात दिशामा लगिएको देखिएको थियो ।

प्रहरीले मेइस खतरामा रहेको विश्वास गरेको बताएको छ ।

प्रतिक्रिया