अमेरिकी मेगा मिलियन्स चिट्ठा कसैलाई परेन ,अबको महाभाग्यशालीले ९१० मिलियन जित्ने

इनेप्लिज २०८० साउन १० गते ११:२२ मा प्रकाशित

अमेरिकी मेगा मिलियन्स चिट्ठा कसैलाई नपरे पछि अबको महा भाग्यशालीले जो कोहीले पनि ९१० मिलियन जित्ने भएका छन् । गत मंगलबार खोलिएको चिट्ठाका सबै ६ वटा अंकहरु मिलाउन नसके पछि ८२० मिलियन राशीबाट वृद्धि भै ९१० उक्त चिट्ठाको राशी अब ९१० मिलियन डलर पुगेको छ ।

गत मंगलबारको अनुमानित चिट्ठाको विजयी संख्याहरू ३,५,६,४४ ,६१ र रातो भकुण्डो (रेड बल )२५ रहेको थियो । अब आगामी जुलाई २८ शुक्रबारका दिन चिट्ठा खुल्ने छ ।

अप्रिल १८ देखि १८ पटक चिट्ठा खुल्दा पनि वटा मेगा मिलियन्स चिट्ठा कसैलेले पनि हात पार्न सकेको छैन । शुक्रबार राति अनुमानित ९१० मिलियनको चिट्ठा नगद लिन चाहेमा व्यक्तिले ४६४.२ मिलियन एक मुष्ट प्राप्त गर्न सक्नेछन ।

मेगा मिलियन्स चिट्ठा जित्ने सम्भावना लगभग ३०२.५८ मिलियन मध्ये एक हो भनि सिएबिसन्यूजले जनाएको छ ।

गत हप्त लस एन्जलसमा एक व्यक्तिले १ बिलियन डलरको पावरबल चिट्ठा जितेका थिए । विजेताले आफ्नो पुरस्कार दाबी गर्न अगाडि आउन बाँकी छ भनि समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया