नेपाली चलचित्र ‘द सेक्रेटस् अफ‘राधा’ टेक्सस अस्टिनमा प्रदर्शन हुने

इनेप्लिज २०८० साउन १० गते ०:२३ मा प्रकाशित

नेपाली चलचित्र ‘द सेक्रेटस् अफ‘राधा’ अमेरिकाका विभिन्न राज्यहरुमा प्रदर्शन हुदै गर्दा आगामी जुलाई २९ का दिन अस्टिन टेक्ससमा प्रदर्शन हुने भएको छ।

अमेरिकाको विभिन्न राज्यहरुमा यस चलचित्रका निर्देशक लेखक सुवर्ण थापा आफ्नै स्वयम उपस्थित भै प्रदर्शनमा दर्शकहरुसँग स्वयम सहभागी भै रहेका छन् ।

उनले दिएको जानकारी अनुसार चलचित्र ग्रेटर अस्टिन नेपाली कम्युनिटी सेन्टरमा हुने बताए । चलचित्र प्रदर्शनको आयोजक रियल्टर सुबाश थापा रहेका छन् भने भिष्म अधिकारी , बिएसए स्ट्रकचरल लगायतको समर्थन रहेको छ । चलचित्र प्रदर्शन 1251 co RD 138 ,hutto ,tx 78634 मा शनिबार साझ ५ बजे हुनेछ । चलचित्रको सहायता स्वरुप २० डलर राखिएको छ ।

हालसालै नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सुवर्ण थापाद्वारा निर्देशित चलचित्र ‘द सेक्रेटस् अफ राधा’ले उत्कृष्ट चलचित्रको पुरस्कार पाएको थियो ।

द सेक्रेट अफ राधा” नारीका संम्वेदनाहरूलाई केन्द्र बिन्दुमा राखेर निर्देशक सुवर्ण थापाद्धारा निर्देशन तथा निर्माण गरिएको चलचित्र हो।

एक गर्भवती महिलाले आफ्नो बेपत्ता भएको श्रीमानको खोजी गर्ने गरेको संघर्षको कथालाई चलचित्रले मुख्य कथा बस्तु बनाएको छ। यस चलचित्रको मुख्य पात्र राधाले जस्तै हजारौ हजार हाम्रा दिदिबहिनीहरूले पनि यस्तो समस्या दिनहॅु हाम्रो समाजमा भोग्दै आएका छन्।बर्तमान समयमा नेपाली समाजमा घटिआएका र हाम्रो समाजले भोगी आएको कथा बस्तुलाई लिएर यो चलचित्र निर्माण भएको छ। तसर्थ यो चलचित्र एक सामाजिक चलचित्र बन्न सफल भएको छ।

राधा राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्र महोत्सवहरूमा ख्याति कमाएको चलचित्र हो। यो चलचित्र फ्रान्सको चर्चित “ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिवलमा” ७ बिधामा मनोनयन परेको थियो। जसमा उत्कृष्ट कलाकार ,निर्देशक र चलचित्र गरि तीन बिधामा पुरस्कार जितेको चलचित्र हो। त्यस्तै यो चलचित्र नेपालको नेफ्टा अवार्ड(पुरस्कार)मा पनि १० विधामा मनोनयनमा परेको चलचित्र हो।

प्रतिक्रिया