फूल 

विष्णु पगेनी सिग्देल , एटलान्टा, जर्जिया। २०८० साउन ९ गते १०:४३ मा प्रकाशित

जिउनुको मीठो परिभाषामा

डुबुल्की मार्दै

व्यर्थका अर्थहीन निराशालाई

निमिट्यान् पार्दै

सौन्दर्यको मधुरतामा

सुवासको अत्तर छर्दै

लोभ्याउँछ  मन

कुत्कुत्याउञ्छ तन

 र

सुन्दर बनाउँछ जीवन

हो त्यो फूल हो

र त हाँस्न सिकाउछ

त्यो दर्शन हो 

त्यसैले त बाँच्न सिकाउछ

काडाँहरूका चुनौतिलाई झेल्दै

सघर्षका पहाडसँग खेल्दै

भन्छ हाँस्नु पर्छ म झैं

बाँच्नु पर्छ  मैले झैं

भेल पहिरो झरी बादल सहन गर्दै

जीवनको तीतो यथार्थ बहन गर्दै

बस फुल्न सक मनमा

बहलाउन सक जीवन

र कहिल्यै

नबिझाउ कसैलाई काँडा बनी

नाभिजाउँ कसैलाई आँसु बनी

बस फुलिदेउ सुगन्ध छरि 

मुस्कुराई देउ जीवनभरि 

रित्तै हात आएका थियौ

रित्तै नै जानु पर्छ ?

दिनुमा  जति आन्नद

लिनुमा कहाँ छ ?

त्यसैले

फुलिरहु वनभरि

झुलिरहहु वरिपरि

बसिरहहु मनभरि ।।।।

-विष्णु पगेनी सिग्देल , एटलान्टा, जर्जिया।

प्रतिक्रिया