जुबली शेर्पा बनिन मिस नेपाल नर्थ अमेरिका २०२३

इनेप्लिज २०८० साउन ७ गते ६:१३ मा प्रकाशित

बिश्वकै सम्राट राज्य न्यूयोर्क शहरमा आयोजना भएको मिस नेपाल नर्थ अमेरिका २०२३ को ग्रान्ड फिनाले(समापन समारोह)मा जुवली शेर्पा बिजयी भएकी छिन।

बिजेता बनेकी जुवली शेर्पाले आफू सहित कूल १८ जना प्रतियोगितामा सहभागी भएका अन्य १७ जना प्रतियोगीहरुलाई पछि पार्दै मिस नेपाल नर्थ अमेरिका २०२३ अर्थात उत्तर अमेरिका नेपाल सुन्दरी २०२३ को ताज पहिरन सफल भएकी छिन ।

यसैगरि प्रथम उपबिजेता रजिला बास्तोला र द्वितिय उपबिजेता इसा सुवेदी भएका छन ।

उक्त प्रतियोगिताको लागि क्यानाडा र अमेरिकाका विभिन्न राज्यहरुबाट कूल १८ जना प्रतियोगीहरुले सहभागिता जनाएका थिए ।

मिस नेपाल नर्थ अमेरिका सुरु भए देखि नै हरेक बर्ष अगस्त महिनामा हुदै आएता पनि यस बर्ष जुलाई महिनामा समापन समारोह अर्थात् ग्रान्ड फिनालेको आयोजना गरिएको थियो ।

बिगत बर्ष झैँ यस बर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुममा सुन्दरी प्रतियोगिताको आयोजना गरिएको थियो ।

अर्को पुस्तालाई सशक्तिकरण गर्न नेपाली महिलाहरूलाई सशक्तिकरण भन्ने मूल नारा दिइएको थियो ।

यो प्रतियोगीताको आयोजना ड्रिम्स युनिभर्सल एलएलसी न्युयोर्कले गरेको हो भने मिस नेपाल नर्थ अमेरिकाका आयोजक तथा प्रमुख शैलेश श्रेष्ठ हुन ।

सुन्दरी प्रतियोगिताको लागि नेपालबाट नायिका प्रियका कार्की, आयुष्मान देशराज जोशी, मिस नेपालका सॅस्थापक सभापति दिवाकर राजकर्णिकार, सुप्रिया श्रेष्ठ, रेश्मा घिमिरे ,शुभेक्षा खड्का ,सदिक्षा श्रेष्ठ लगायत अमेरिका आएका थिए ।

जस् मध्ये निर्णायकको भूमिकामा प्रियॅका कार्की, आयुशमान देशराज जोशी,दिवाकर राजकर्णिकार,रेश्मी घिमिरे, मम्पी घोष लगायत ११ जना रहेका थिए ।

यस पटकको बिजेता सिधै २०२४ मा नेपालमा आयोजना हुने नेपाल सुन्दरी ( मिस नेपाल) प्रतियोगितामा प्रतिस्पर्द्धी
को रुपमा भाग लिन पाउने छन ।

पूर्व नेपाल सुन्दरी सदिक्षा श्रेष्ठ पूर्ण प्रशिक्षण (कोरियोग्राफर) रहेकी थिईन भने यस पटक पनि आधिकारिक फोटोग्राफर ( छायाचित्रकार) नाम्लो ईभेन्टस्का बिक्रान्त मान श्रेष्ठ रहेका थिए ।

प्रतिक्रिया