अमेरिकाको जर्जिया वालमार्टमा दुई वर्षीय बालक अपहरण गर्न खोजेको आरोपमा पक्राउ परेका भारतीय मूलका पटेल ४५ दिनपछि कारागार मुक्त

इनेप्लिज २०८२ वैशाख २४ गते ११:२१ मा प्रकाशित

अमेरिकाको जर्जिया राज्यको वालमार्टमा दुई वर्षीय बालक अपहरण गर्न खोजेको आरोपमा पक्राउ परेका ५७ वर्षीय महेन्द्र पटेलले ४५ दिनपछि १० ,००० डलर धरौटीमा कारागारमुक्त भएका छन्। कोब काउन्टीका न्यायाधीश ए. ग्रेगोरी पूलले “उनि धरौटीको हकदार हुनुहुन्छ” भन्दै रिहाइ आदेश दिएका हुन्।

घटनाको गत मार्च १८ भएको हो, जहाँ पटेल वालमार्टमा एक महिलासँग संवाद गरिरहेको देखिन्छ। महिलाले पटेललाई उनको २ वर्षीय छोरालाई समात्ने प्रयास गरेका थिए भनि आरोप लगाएकी थिइन । तर पटेलका वकिल आश्ली मर्चेन्टले वालमार्टको सुरक्षा चित्रग्राहिणी श्रब्यदृश्य (क्यामेरा फुटेज )प्रस्तुत गर्दै पटेलले बालक दुई पांग्रे (स्कुटर)बाट लड्न नपरोस् भन्ने सोचमा सहयोग गर्न खोजेको दाबी गरिन्।

श्रब्यदृश्य (भिडियो) अलिकति धमिलो छ र पटेलको ढाडले दृश्य अस्पष्ट बनाएको सिएनएनले जनाएको छ । तर वकिल मर्चेन्टले बताए अनुसार पटेल घटनास्थलबाट भागेका थिएनन् । स्थानीय समुदायसँग उनको गहिरो सम्बन्ध छ । उनी परिवारसहित बसोबास गर्छन्, सम्पत्ति छन्, स्वयंसेवा गर्छन् र किवानिस क्लबजस्ता संस्थासँग आवद्ध छन्।

अभियोजन पक्षले पटेलको विगतमा आर्थिक अपराधमा दोषी ठहरिएको र मादक पदार्थ सेवन आरोपमा पनि पक्राउ परेको स्मरण गराए। तर न्यायाधीश पूलले भने, “उनी समुदायका लागि खतराको रूपमा देखिँदैनन्। श्रब्यदृश्यका अनुसार उनी घटनास्थलमै थिए।”

पटेललाई अप्रिल ३ मा अपहरण प्रयास, साधारण आक्रमण र कुटपिटको आरोपमा निर्णायक मण्डल (ग्रान्ड जूरी)ले अभियोग लगाएको थियो। उनका वकिलका अनुसार उनले आफ्नो जन्मदिन पनि झ्यालखाना)मै बिताए।

प्रतिक्रिया