अमेरिकामा विधुतिय- अन्तर्जाल(इन्टरनेट) मार्फत बालबालिकालाई यौन शोषणको निशाना बनाउने २०५ जना आरोपीहरू पक्राउपरेका छन् भने ११५ जना बालबालिकाको उद्दार गरिएको छ।
यो सफलता न्याय मन्त्रालय र एफबीआईको संयुक्त पहल ‘अपरेशन रिस्टोर जस्टिस’ अर्थात न्याय पुनर्स्थापना अभियान”अन्तर्गत प्राप्त भएको हो ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता पाम बोन्डी र एफबीआई निर्देशक काश पटेलले जानकारी दिएका हुन्।
महान्यायाधिवक्ता बोन्डीले भनिन्, “यी विकृत व्यक्तिहरू दोषी ठहरिएमा अधिकतम सजाय भोग्नेछन् र कतिपयलाई आजीवन कारावास हुनेछ।”
र ,उनले चेतावनी दिदै भनिन् , “हामी तिमीहरुलाई पत्ता लगाउँछौं, पक्राउ गर्छौं र मुद्दा चलाउँछौं। यदि तिमीहरु विधुतिय मार्फत कुनै बालबालिकालाई निशाना बनाइ रहेका छौ भने तिमीहरु उम्कन सक्दैनौ । किनकी एफबीआई र न्याय विभाग तिमीहरुको पछाडि छन्।”
यस कारवाहीमा संघीय, राज्य र स्थानीय निकायहरूको सहकार्यमा प्रविधिको प्रयोग गरी अपराधीहरू पहिचान र नियन्त्रण गरिएको हो।
कारवाहीलाई इतिहासकै एक प्रभावशाली बालशोषण विरोधी अभियानको रूपमा हेरिएको छ।
प्रतिक्रिया