उत्तर कोरियामा हिरासतमा रहेका व्यक्ती सेनाकै ट्राभिस किॅग भएको पुष्टी भएको छ । उनलाई दक्षिण कोरियाली हिरासतबाट मुक्त गरे पछि सिधै उत्तर कोरिया पसेको सॅचार माध्यमहरुले जनाएका छन ।
किंगको परिवारले जानीजानी प्रतिवन्धित सीमा पार गरेपछि उत्तर कोरियाली हिरासतमा रहेको सिविएस न्यूजले जनाएको छ ।
अमेरिकी सेनाका अनुसार किंगले गत मंगलबार उत्तर कोरिया इच्छापूर्वक र अनुमति बिना प्रवेश गरेको जनाएको छ ।
अमेरिकी अधिकारीहरूका अनुसार उनलाई अमेरिका फिर्ता सरुवा र सेनाबाट बर्खास्त गरिएकोले हवाई जहाजमा नचढेर उनी सीमा पार गरेका थिए ।
अमेरिकी अधिकारीहरूले मंगलबार दिएको जानकारी अनुसार २३ वर्षीय किॅग उत्तर कोरियाली सेनाको हिरासतमा रहेको विश्वास गरिएको बताएका छन ।
उत्तर कोरियाको सरकारले उनको बारेमा केही बोलेको छैन।
विश्वमा शान्तिको लागि सबैभन्दा ठूलो खतरा मानिने अमेरिकी सैनिकलाई सीमा पार गर्न कुन कुराले उत्प्रेरित गर्यो भन्ने कुरा अस्पष्ट छ भनि सिविएसले समाचारमा उल्लेख गरेको छ ।
प्रतिक्रिया