भर्जिनियाको दुर्गा मन्दिरमा नि:शुल्क स्वास्थ्य सेवा ( फ्रि: क्लिनिक )

इनेप्लिज २०८० साउन १ गते १०:५९ मा प्रकाशित

ईनेप्लीज
१७ जुलाई २०२३
वाशिंगटन डिसी

अमेरिकाको राजधानी वाशिंगटन डिसी नजिकै भर्जिनियाको दुर्गा मन्दिरमा यही जुलाई १६ तारिख आईतबार नि:शुल्क स्वास्थ्य सेवा ( फ्रि: क्लिनिक ) संचालन भयो ।

आईतबार बिहान नेपाली तथा भारतीय स्वास्थ्य परिचारिका ( नर्श ) हरु र भारतीय चिकित्सक ( डाक्टर ) ले भारत र नेपालका नागरिकहरुलाई नि: शुल्क स्वास्थ्य सेवा प्रदान गरे । बिहान खाली पेटमा आएकाहरुलाई रगतको चाप् , कलस्ट्रल जांच , मधुमेह जांच ( सुगर / डाईबिटिज चेक / डाईबिटिजको एवानसि चेक ) गरेर उक्त रगत जांच ( ल्याब टेस्ट ) को नतिजालाई पांच मिनेटमै भारतीय चिकित्सक ( डाक्टर ) ले हेरेर अमेरिकाको चिकित्सक ( डाक्टर ) ले नि: शुल्क सेवा प्रदान गरिएको नि: शुल्क स्वास्थ्य सेवा ( फ्रि: क्लिनिक ) संयोजक मंजु संग्रौलाले बताईन् ।

अमेरिकाका बिभिन्न अस्पतालहरुमा कार्यरत नेपाली स्वास्थ्य परिचारिका ( नर्श ) हरुको संस्था “सान ” की अध्यक्ष मंजु संग्रौलाको संयोजनमा नेपालीहरुले नि: शुल्क स्वास्थ्य सेवा ( फ्रि: क्लिनिक ) को सेवा प्राप्त गरेका हुन् ।

भर्जिनियाको दुर्गा मन्दिरमा नि: शुल्क स्वास्थ्य सेवा ( फ्रि: क्लिनिक ) को सम्पूर्ण संयोजन मंजु संग्रौलाले गरेको देखिन्थ्यो भने सानो छोरी अनु संग्रौलाले सेवाग्रहीहरुको नाम दर्ताको स्वयम् सेवक ( भोलेन्टियर ) काम गरेकी थिईन् र डिसीनेपालले प्रत्यक्ष प्रशारण गर्दा मन्दिरका पुजारीले फोटो भिडियो मनाही गरेको देखिन्थ्यो।

भर्जिनियाको लोर्टन स्थित दुर्गा मन्दिरमा हरेक महिनाको तेश्रो आईतबार बिहान नौ बजे नि: शुल्क स्वास्थ्य सेवा ( फ्रि: क्लिनिक ) संचालन हुन्छ।

प्रतिक्रिया