एडमन्टनमा गुरूकुल र भानु जयन्ति

सुरेन उप्रेती एडमण्टन क्यानडा २०८० साउन १ गते २:०२ मा प्रकाशित

क्यानडाको अल्बर्टा प्रान्तको राजधानी एडमन्टनमा शनिबार ,जुलाई १५, २०२३का दिन २१०औँ भानुजयन्ती सम्पन्न भयो । गुरूकुल सामुदायिक परिषदद्वारा आयोजित कार्यक्रममा आदिकवि भानुभक्तको तश्विरमा माल्यार्पण गरी कार्यक्रम प्रारम्भ भएको थियो ।

कार्यक्रममा बिभिन्न व्यक्तित्वहरूले आफ्ना कविता तथा आदिकविद्वारा रचित रामायणका बिभिन्न काण्डबाट साभार गरी कविताहरू वाचन भएका थिए ।


संस्थाका अध्यक्ष दिपक लामाको अध्यक्षतामा भएको कार्यक्रममा कवि ध्रुव श्रेष्ठ, वालकवि सान्भी रेग्मी, सुरेन उप्रेती, लिला बास्तोला, प्रणव लामा, पृथा निरौला, शर्मिला पोखरेल, निकिता उप्रेती, प्रधोतन निरौला, मोदनाथ खनाल ,शुभम् अधिकारी, शाम्भवी नेपाल निरौला, मिना न्यौपाने, प्रसिद्धि कडेल, शोभा खनाल आदिले रचना वाचन गर्नु भएको थियो ।

प्रणव लामाको आदिकवि भानुभक्तको बारेमा थाहा नभएको तर कविहरूका कविताले समाजलाई चेतना दिने कुरा ध्रुव सत्यहो । मानिसका विचारलाई, भावना र दृष्ट्रिकोणलाई नै कविताले परिवर्तन गरी दिन सक्छ भन्नु भयो । उहाँको भनाईले सबैलाई स्तब्ध बनाई दिएको थियो । त्यस्तै गरी शर्मिला पोखरेलको मुक्तक र हजुरबाले ढुँगा र माटोको जगहालेर बनाएको घर कविताले पहाड तराई हुँदै काठमाण्डु पुग्छन् । काठमाण्डुले पनि अड्याउन सक्दैन अनि प्रवास होमिन्छन् । प्रवासका घरले पनि नयाँ पिंडिलाई चित्त बुझ्दैन भन्ने मनछुने कविता वाचन गर्नु भयो । निकिता उप्रेतीको आमा कविताले सन्तानका लागि आमाहरूले कती सम्म गरेका हुन्छन् भन्ने मर्म वोकेको थियो । प्रधोतन निरौलाले लक्ष्मण गाम्नाङ्गेको मेरा बा भन्ने व्यङ्य कविता वाचन गर्नु भयो । सो कविताले पिडा र यथार्थ सहितका हाँशोका फोराहरू छुटेका थिए । सुरेन उप्रेतीले प्रवासमा नेपाली शिक्षा भाग दुई पुस्तकबाट आफ्नो कविता नेपाल देश भन्ने वाचन गर्नु भएको थियो । गुरूकुलका संस्थापक एवम्सा हित्यकार मोदनाथ खनालले ब्रम्हबोध भन्ने आफ्नो कविता छन्दमा प्रस्तुत गर्नु भएको थियो । शोभा भट्ट खनालले आडम्वरी दुँनिया शीर्षकको व्यग्य कविता थियो । यो दुनियाँ आडम्वरले भरिएको छ । मुखमा रामराम भज्नेहरूनै बगलीमा छुरा लिएर धस्दै हिँडेका छन् भन्ने आशयको कविता प्रस्तुत गर्नु भयो । मिना न्यौपानेको सुन्दर कविताले सबैलाई आनन्द प्रदान गरेको थियो । कवि शाम्भवी नेपाल निरौलाले मिठो कविता प्रस्तुत गर्नु भएको थियो ।

गुरूकुल सामुदायिक परिषदका संस्थापक दिपक लामाले नेपाली भाषाको महत्वका बारेमा प्रकाश पार्नु भयो । त्यस्तै सुरेन उप्रेतीले नेपाली भाषाको महत्व र हामीले किन भानुभक्तलाई आदिकवि भन्दछौ भन्ने बारेका चर्चा गर्नु भएको थियो । कार्यक्रमलाई शाम्भवी नेपाल निरौलाले कलात्मक र आकर्षक ढंगले सन्चालन गर्नु भएको थियो । कार्यक्रममा सात्विक भोजनको व्यवस्था गरिएको थियो । कार्यक्रम ज्याकिपार्कर पार्कमा सन्चालन भएको थियो ।

प्रतिक्रिया