वाग्नर समूह अस्तित्त्वमा नरहेको पुटिनको भनाई

इनेप्लिज २०८० असार २९ गते १०:५४ मा प्रकाशित

युक्रेनमा शसक्त रुपमा युक्रेन बिरुद्ध युद्धमा होमिएको रुसी निजी भाडाका वाग्नर समूह अस्तित्त्वमा नरहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताए । केही समय अगाडी बिद्रोहको प्रयास गरेका वाग्नर समूहको बारेमा टिप्पणी गर्दै पुटिनले बिहीबार एक रुसी अखबारलाई निजी भाडा वाग्नर समूह कानूनी संस्थाको रूपमा अस्तित्वमा नरहेको बताएका छन ।

समूहका येभजेनी प्रिगोजिन सहित ३५ जना वाग्नर सेनापति (कमाण्डर)हरू पुटिनले सम्बोधन गर्दा उपस्थित रहेका थिए । पुटिनले मस्को विरुद्ध अल्पकालीन विद्रोह सुरु गरेको केही दिन पछि उनीहरुलाई पुटिनले भेट गरेका थिए । यसो भनिएता पनि अझै पनि प्रिगोजिन कतै सार्वजनिक रुपमा देखिएका छैनन भनि विभिन्न संचार माध्यमले उल्लेख गरेका छन् ।

त्यो बैठकमा पुटिनले लडाकुहरूलाई “उनीहरूले युद्धको मैदानमा के गरेका थिए भन्ने कुराको मूल्याङ्कन” दिएका थिए भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ । साथै पुटिनले “उनीहरूको लडाई अनुभवको प्रयोग सहित उनीहरूको थप सेवाका लागि सम्भावित विकल्पहरू देखाए।”

प्रतिक्रिया