वाग्नर विद्रोह पछि पुटिनले प्रिगोजिनलाई भेटे : क्रेमलिन

इनेप्लिज २०८० असार २५ गते ११:१५ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर समूहका नेता येभगेनी प्रिगोजिनसँग भेटवार्ता गरेको क्रेमलिनले सोमबार बताएको छ ।

जुन २९ को बैठक विद्रोह असफल भएको करिब एक हप्तापछि भएको क्रेमलिनका प्रवक्ता डिमीट्री पेस्कोभले बताए।

वास्तवमा राष्ट्रपतिको त्यो त्यस्तो बैठक थियो जसमा यसमा ३५ जनालाई पुटिनले निम्तो दिएका थिए ।

त्यहाँ थुप्रै सेनाका विभिन्न उच्च पदका अधिकारी र बिभिन बिभागका व्यक्तित्वहरु रहेको एबिसीन्यूजले जनाएको छ । बैठक जुन २९ मा क्रेमलिनमा भएको र यो लगभग तीन घण्टा चलेको पेस्कोभले बताए ।

प्रतिक्रिया