न्यूयोर्क राज्यमा ८ करोड ६० लाख वासिन्दा(८६ )मिलियनलाई बाढी र गर्मीको चेतावनी दिइएको छ ।
आइडलवाइल्ड क्रीक नदिमा गत आइतवारबाट पानी बढ्न थालेको केही क्षण पछि त्यहाँका स्थानीय बासिन्दा क्रिस्टिनले आफ्नो भुइँ तल्लामा लेदो धमिलो पानी पसेको एबिसीन्यूजलाई बताइन ।
केही क्षण पछि, उनले आफ्ना छिमेकीहरूलाई उनीहरूको गाडीमा बगाएको देखेको उनले भनिन । बारुण नियन्त्रण गाडीहरु आए पछि आफ्नो गाडीलाई खाडीबाट बाहिर निकालेको उनले भनिन्।
ओरेन्ज काउन्टीको कर्नवालमा बाढी आएको थियो भने भारी वर्षाले मध्य-एटलान्टिक र उत्तरपूर्वी धेरै जसो स्थानहरुमा वर्षाले पुरै प्रभावित बनाएको छ । आइतवार न्यूयोर्क राज्यका केही भागहरूमा बाढी सतर्कताहरू जारी गरिएको छ ।
राष्ट्रिय मौसम सेवाद्वारा न्यूयोर्कको तल्लो हडसन उपत्यकामा बाढी चेतावनी र बाढी आपतकाल दुबै जारी गरिएको थियो। केही स्थानमा ८ इन्चसम्म वर्षा भएको छ ।
ओरेन्ज, पुटनम, रकल्याण्ड र वेस्टचेस्टर लगायतका काउन्टीहरूमा सोमबार बिहानैदेखि बाढीको चेतावनी दिइएको मौसमविद्हरूले बताए । आँधीमा परी कम्तीमा एक जनाको मृत्यु भएको ओरेन्ज काउन्टीका एक अधिकारीले आइतबार एबीसी न्यूजलाई बताए।
प्रतिक्रिया