हवाई रक्षाले रूसी सीमा क्षेत्रहरूमा युक्रेनी क्षेप्यास्त्रहरू खसालेको स्थानीय अधिकारीहरूको दाबी

इनेप्लिज २०८० असार २४ गते १९:४९ मा प्रकाशित

हवाई रक्षाले रूसी सीमा क्षेत्रहरूमा युक्रेनी क्षेप्यास्त्रहरू खसालेको स्थानीय अधिकारीहरूले दाबी गरेका छन् । हवाई रक्षा (एयर डिफेन्स)ले रुसको सीमा क्षेत्र रोस्तोभ र ब्रायान्स्कमा क्षेप्यास्त्र (मिसाइल)हरू खसालेको स्थानीय अधिकारीहरूले आइतबार बताएका छन्।

रोस्तोभका क्षेत्रीय गभर्नर भासिली गोलुबेभले रुसी शहर कामेन्स्क र डोनेस्क बीचको क्षेत्रमा युक्रेनी क्षेप्यास्त्र खसालेको दाबी गरे। उनले छर्राले धेरै भवनहरूको छानालाई आंशिक रूपमा क्षति पुर्याएको बताए ।

रुसी प्रतिरक्षाले युक्रेनको सीमानाको उत्तरी छेउमा रहेको ब्रायनस्क क्षेत्रमा दुईवटा युक्रेनी क्षेप्यास्त्रहरू पनि खसालेको क्षेत्रका गभर्नर अलेक्ज्याण्डर बोगोमाजले बताए। कोही घाइते वा मारिएको जानकारी कुनै पनि अधिकारीले नदिएको सिएनएनले समाचारमा लेखेको छ ।

युक्रेनले आक्रमणको बारेमा अझै सार्वजनिक रूपमा टिप्पणी गरेको छैन । सिएनएनले स्वतन्त्र रूपमा द्वन्द्वको दुबै पक्षबाट रणभूमि विवरणहरू प्रमाणित गर्न सक्दैन भनि उल्लेख गरेको छ ।

प्रतिक्रिया