पछिल्लो २४ घण्टामा युक्रेनद्वारा रुसको बेल्गोरोड क्षेत्रमा भारी गोलाबारी : गभर्नर

इनेप्लिज २०८० असार २३ गते २०:३१ मा प्रकाशित

रुसको बेल्गोरोड क्षेत्रका गभर्नरले पछिल्लो २४ घण्टामा युक्रेनबाट भारी गोलाबारी भएको जानकारी दिएका छन् । बेल्गोरोडको रूसी सीमा क्षेत्र युक्रेनबाट भारी गोलाबारीमा परेको र दुई जना घाइते भएको क्षेत्रीय गभर्नरले शनिबार टेलिग्राम प्रकाशन गरेका छन ।

बेल्गोरोडका गभर्नर व्याचेस्लाभ ग्लाडकोभका अनुसार युक्रेनले आफ्नो क्षेत्रमा गत दिनमा १०० भन्दा बढी तोपखाना गोलाहरू प्रहार गरेको छ । जसमा बेल्गोरोडस्की, बोरिसोव्स्की, वालुयस्की, क्रास्नोयारु’ज्स्की र शेबेकिन्स्की जिल्लाहरू आक्रमणमा परेका छन ।

क्रास्नोयारुज्स्की शहरी जिल्लामा विद्युत आपूर्तिमा क्षति पुगेको उनले बताए । यसैगरी “स्थानीय बजारमा व्यापारिक क्षेत्रहरू, तरकारी गोदाममा भण्डारण, शेबेकिन्स्की जिल्लामा तीनवटा यानशाला (गराजहरु) क्षतिग्रस्त भएका छन्।”

जिल्लामा एउटा निजी घर, स्थानीय पसल र एउटा सानो निजी सवारी साधन (कार)मा पनि क्षति पुगेको ग्लाडकोभले जानकारी दिए । एउटा गाडी (कार)मा आगो लागेको र जमिनमा जलेर नष्ट भएको बताए । युक्रेनी पक्षले बेल्गोरोडमा भएको गोलाबारीको बारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन भनि सिएनएनले जनाएको छ ।

प्रतिक्रिया