लण्डनको विम्बल्डनमा रहेको प्राथमिक विद्यालयमा सानो सवारी साधन (कार )ठोक्किँदा सात बालबालिका घाइते

इनेप्लिज २०८० असार २१ गते १२:२८ मा प्रकाशित

लण्डनको विम्बल्डनमा रहेको प्राथमिक विद्यालयमा सानो सवारी साधन (कार) ठोक्किँदा सात बालबालिका घाइते भएका छन ।

दक्षिणपश्चिम लन्डनको एक प्राथमिक विद्यालयमा कार ठोक्किएको र नौ जना घाइते भएको महानगर प्रहरी बलले जनाएको छ । जसले यसलाई “गम्भीर ठक्कर ” भनेर वर्णन गरेको छ।

विम्बल्डनमा भएको घटनामा सात बालबालिका र दुई वयस्क घाइते भएका अधिकारीहरूले बताए । उनीहरू अवस्थाको बारेमा थप अध्यावधिक गर्ने प्रतिक्षामा रहेको जनाएका छन्।

प्रहरी अधिकारीहरूले आतंकवादको संलग्नता नभएको तर थप अनुसन्धान गरिरहेको सिएनएनले उल्लेख गरेको छ । चालकलाई घटनास्थलमा मै रोकियो
तर अहिलेसम्म कसैलाई पक्राउ नगरिएको महानगर प्रहरी बलले जनाएको छ ।

क्याम्प रोड(सडक)मा रहेको प्राथमिक विद्यालयको भवनमा गाडी ठोक्किएको खबर बिहान ९:५४ मा प्रहरीलाई खबर गरिएको बलले एक विज्ञप्तिमा जनाएको छ । उक्त बिद्यालयमा ४ -११ वर्षका विद्यार्थीहरू अध्ययन गर्छन भने शुल्क तिर्ने बालिकाहरु पढ्ने विद्यालय हो।

प्रतिक्रिया