रुसी सरकारी संचार माध्यमले सेन्ट पिटर्सबर्गमा येभगेनी प्रिगोजिनको कार्यालय र निवासमा रुसी प्रहरीले छापा मारेको अङ्कियदृश्य (भिडियो )देखाएको छ। निजी भाडाका सैनिक वाग्नरका मालिक विरुद्ध स्पष्ट प्रचार अभियान बढाउँदै उनको घर र कार्यालयमा छापा मारेको हो ।
बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले बिहीबार प्रिगोजिन सेन्ट पिटर्सबर्गमा रहेको र बेलारुसमा नभएको घोषणा गरेपछि छापा मारेको खबर आएको हो । लुकासेन्कोले पहिले नै उनले गत महिना प्रिगोजिनको विद्रोह प्रयासको अन्त्य गर्न एक सम्झौतामा मध्यस्थता गरेको बताएका थिए ।
छापा मार्दा प्रस्तुतकर्ताहरूले उनको घर र कार्यालयमा सुन, पैसा र नक्कली कपालहरु , हतियारहरू र विभिन्न उपनामहरू अन्तर्गत प्रिगोजिनसँग सम्बन्धित धेरै राहदानीहरूका रूपमा वर्णन गरेका छन् । रुसी सरकारी दूरदर्शन (राज्य टेलिभिजन)ले वाग्नर निजी सैन्य सँस्थाका संस्थापक येभगेनी प्रिगोजिनलाई बदनाम गर्ने अभियान सुरु गरेको देखिन्छ भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।
गत महिना छोटो समयको लागी वाग्नर समूहले विद्रोह गरे पछि उनि प्रति व्यवहार सबै परिवर्तन भएको छ। रुसी सरकारी दूर दर्शनले प्रिगोजिनको विगतको आपराधिक विस्तृत विवरण दिएको छ । जसमा डकैती र आक्रमणको आरोप र १९८० को दशकमा दण्डित उपनिवेशमा लामो सजाय समावेश छ।
प्रस्तुतकर्ताहरूले त्यहाँ बन्दुकहरू र एउटै तस्बिरको साथ राहदानीहरूको संग्रह पनि फेला पारिएको तर फरक नाम र थरका साथ भएको बताए ।
बेलारूसी राष्ट्रपति लुकाशेन्कोलेसिएनएन वाग्नरको मालिक सेन्ट पिटर्सबर्गमा रहेको बताए । वाग्नर प्रमुख येभगेनी प्रिगोजिन हाल रुसी शहर सेन्ट पिटर्सबर्गमा छन्, बेलारूसी राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले मिन्स्कमा अन्तर्राष्ट्रिय संचारमाध्यमसँगको पत्रकार सम्मेलनमा सीएनएनलाई भने।
“येभगेनी प्रिगोजिनको सन्दर्भमा, उनि सेन्ट पीटर्सबर्गमा छन् । शायद आज बिहान ऊ मस्को वा अन्यत्र यात्रा गर्नेछन , “लुकाशेन्कोले भने। “तर उनी अहिले बेलारुसको क्षेत्रमा छैनन्।” लुकाशेन्कोले पत्रकारहरुलाई भने । सिएनएनले प्रिगोजिनको ठेगाना स्वतन्त्र रूपमा प्रमाणित गर्न सक्दैन भनि उल्लेख गरेको छ ।
बेलारुसका राष्ट्रपति लुकाशेन्कोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले येभगेनी प्रिगोजिनमाथि बदला लिनेछन् भन्ने विश्वास नगर्ने बताएका छन् ।
मलाई निश्चित रूपमा थाहा छ कि प्रिगोजिन स्वतन्त्र छन । उनि अहिले स्वतन्त्र छन् । हामीले दूरभाष (फोन)मा पटकपटक कुरा गर्यौं । हिजो दिउँसोको खाजा पछि, हामीले उनिसँग दूरवार्ता गर्यौं र .…. वागनर निजी सैन्य कम्पनी(संस्था)को थप कार्यहरूबारे छलफल गर्यौं ,लुकाशेन्कोले भने ।
प्रतिक्रिया