दक्षिण अफ्रिकाको जोह्यानेसबर्ग नजिकै ग्यास चुहावट हुँदा ३ बालबालिकासहित १६ जनाको मृत्यु

इनेप्लिज २०८० असार २१ गते १:१२ मा प्रकाशित

दक्षिण अफ्रिकाको जोह्यानेसबर्ग नजिकै ग्यास चुवाहट हुँदा ३ बालबालिकासहित १६ जनाको मृत्यु भएको छ । विषाक्त ग्यास चुहिँदा तीन बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको प्रहरीले बुधबार जनाएको छ ।

यो घटना जोह्यानेसबर्गको पूर्वी बाहिरी भागमा रहेको बक्सबर्ग शहरको अनौपचारिक बस्तीमा भएको दक्षिण अफ्रिकी पुलिस सेवाहरूले बताए । दुई जनालाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

गत वर्ष क्रिसमसको पूर्वसन्ध्यामा उक्त क्षेत्रमा इन्धन तेलवाहन (ग्यास ट्याङ्कर )विस्फोट हुँदा कम्तिमा ३४ जनाको मृत्यु भएको थियो भने ३२१ जना घाइते भएका थिए ।

आपतकालिन सेवाका प्रवक्ता विलियम एनटलाडीले ग्यास चुहावट रोकिएको र थप हताहतीको जाँच गर्न टोलीले इन्धन ढुङ्ग्रि (ग्यास सिलिन्डर )वरपर १०० गजको दायरा खोजिरहेको बताए।

प्रतिक्रिया