फ्रान्समा प्रहरीको गोली लागेर १७ वर्षीय युवकको मृत्यु भएपछि हिंसात्मक प्रदर्शनका क्रममा ४०० भन्दा बढी पक्राउ

इनेप्लिज २०८० असार १५ गते १०:४८ मा प्रकाशित

फ्रान्समा प्रहरीको गोली लागेर १७ वर्षीय युवकको मृत्यु भएपछि तेस्रो राति हिंसात्मक प्रदर्शनका क्रममा ४०० भन्दा बढी पक्राउ परेका छन् ।अङ्किय दृश्य (भिडियो)मा कैद भएको एक किशोरलाई प्रहरीले गोली हानेर हत्या गरेपछि बिहीबार फ्रान्समा विरोधको लहर तेस्रो रातसम्म फैलिएको छ ।

फ्रान्सको एलिट प्रहरी बल आरएआइडिलाई प्रदर्शनलाई नियन्त्रण गर्न मद्दत गर्न बोर्डो, लियोन, राउबेक्स, मार्सेली र लिले शहरहरूमा खटाइएको सिएनएनले जनाएको छ । किशोरको सम्झनामा निकालिएको जुलुस हिंसात्मक बनेपछि प्रहरीले १५ जनालाई सोधपुछका लागि प्रहरीले लगेको छ।

साथै अधिकारीहरूले प्रतिबन्धित विरोध प्रदर्शनमा भाग लिएपछि छ जनालाई सोधपुछको लागि लगिएको क्षेत्रीय अधिकारीले सामाजिक संजालमा प्रकाशन गरेका छन् ।

बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म फ्रान्सभरि भएको विरोध प्रदर्शनमा कम्तीमा ४२१ जना पक्राउ गरिएको फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले बिएफएम संचार माध्यम (टीभी)लाई भने।

प्रतिक्रिया