पूर्व अमेरिकी उपराष्ट्रपती पेन्सले बिहीबार जेलेन्स्कीसँग आश्चर्यजनक रुपमा किभमा भेटे

इनेप्लिज २०८० असार १४ गते १६:५५ मा प्रकाशित

पूर्व अमेरिकी उपराष्ट्रपती तथा राष्ट्रपतिका उम्मेदवार माइक पेन्सले बिहीबार युक्रेनी राष्ट्रपति भोलेदिमिर जेलेन्स्कीसँग आश्चर्यजनक रुपमा किभमा भेटघाट गरेका छन ।

रुसी आक्रमण स्थलहरूको भ्रमण गर्न युक्रेनको अप्रत्याशित यात्रा गरेका हुन भने आफू युक्रेनको पक्षमा उभिने सन्देश दिएका छन ।

पेन्सले पत्रकारहरूलाई भने, “मलाई पूर्ण विश्वास छ कि त्यो दिन आउनेछ जब युक्रेनको सार्वभौमसत्ता पुनर्स्थापित हुनेछ, युक्रेनीहरुको क्षेत्रीय अखण्डता पुनर्स्थापित हुनेछ।”

“हामीले यो सुनिश्चित गर्न आवश्यक छ र रुसी आक्रमणलाई यहाँ परास्त गर्न आवश्यक पर्ने कुराहरू उपलब्ध गराउँछौं,” पेन्सले भने।

बन्द ढोका बैठक पछि जेलेन्स्कीले उनलाई भेटने र युक्रेनको भ्रमण गर्ने पहिलो राष्ट्रपति पदका उम्मेद्वार पेन्सले युक्रेनको लागि आफ्नो अटल समर्थन व्यक्त गरेको बताए ।

जेलेन्स्कीले अमेरिकी जनतालाई उनीहरूको समर्थनको लागि धन्यवाद दिए ।

प्रतिक्रिया