येभगेनी प्रिगोजिनले सशस्त्र विद्रोहलाई उक्साएकोमा अनुसन्धान अन्तर्गत रहने रुसको अभियोजक जनरलको कार्यालयको श्रोतले जनाएको सिएनएनले उल्लेख गरेको छ ।
प्रिगोजिन र सशस्त्र विद्रोहको आयोजनामा उनको कथित संलग्नताको आपराधिक मुद्दाको अनुसन्धान अझै सक्रिय छ, रुसी राज्य समाचार सँस्था टास एजेन्सीले सोमबार अभियोजकको कार्यालय नजिकको स्रोतलाई उद्धृत गर्दै भन्यो।
“प्रिगोजिन विरुद्धको आपराधिक मुद्दा रोकिएको छैन ,अनुसन्धान जारी छ,” स्रोतले वाग्नरका संस्थापकबारे टासले जनाएको छ ।
गत शनिबार क्रेमलिनका प्रवक्ता डिमीट्री पेस्कोभले पत्रकारहरूलाई प्रिगोजिनसँग सम्झौता भएको र “सशस्त्र विद्रोह” को लागि आह्वान गरेको आरोपलाई समय सीमा प्रदान नगरी खारेज गरिने बताएका थिए ।
बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले पनि प्रिगोजिनविरुद्धको फौजदारी मुद्दा खारेज हुने गत शनिबार दाबी गरे। मस्को पुग्न केही घण्टा टाढा रहेको प्रिगोजिनको वाग्नर सेनासँग लुकाशेन्कोले बताए अनुसार उनले प्रिगोजिनसँग सम्झौता गरेका थिए।
उनलाई बेलारुस जान र आरोपको सामना नगर्न अनुमति दिएका थिए ।
यद्यपि, न त प्रिगोजिन न त उनको प्रेस सेवाले सम्झौताको पुष्टि गरेको छ। प्रिगोजिन गत शनिबार राति रोस्तोभ-अन-डनबाट प्रस्थान गरेपछि सार्वजनिक रूपमा देखिएका छैनन भनि सिएनएनले जनाएको छ ।
प्रतिक्रिया