रुसी निजी सैन्य टोली वाग्नरका प्रमुख येभगेनी प्रिगोजिन र उनका सेनाहरू मस्कोतर्फ अगाडी बढ्नेबाट फर्किने घोषणा गरेका छन् । उनीहरु दक्षिणपश्चिमी रूसको रोस्तोभ-अन-डोनमा रहेको रूसी सैन्य मुख्यालय छोड्दै गरेको अङ्कियदृश्य (भिडियो) सार्वजनिक भएको सिएनएनले जनाएको छ ।
प्रिगोजिनले बेलारूसी राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोसँग स्पष्ट सम्झौता गरेका छन ।
प्रिगोजिनलाई बेलारुस पठाइने क्रेमलिनका प्रवक्ता डिमीट्री पेस्कोभले बताए । प्रिगोजिन रोस्तोभ-अन-डन छोडेको देखिएको छ तर उनको हालको ठेगाना अज्ञात छ भनि सिएनएनले उल्लेख गरेको छ ।
प्रिगोजिन विरुद्धको मुद्दा खारेज गरिनेछ: पेस्कोभले लुकाशेन्कोले प्रिगोजिन विरुद्धको कुनै पनि आपराधिक आरोपहरू खारेज हुने गरी प्रिगोजिनसँगको उनको व्यक्तिगत सम्बन्धको माध्यमद्वारा सम्झौता गर्न सक्षम भएका छन् ।
वाग्नर लडाकुहरू आफ्नो युद्ध अड्डामा फर्किनेछन्: पेस्कोभका अनुसार लडाकुहरूले रूसी रक्षा मन्त्रालयसँग सम्झौतामा हस्ताक्षर गर्नेछन् र मस्को तर्फ अगाडी बढ्दै क्रमलाई स्थगित गरेकोले उनले कानुनी कारबाहीको सामना गर्ने छैनन ।
यसै बीच पूर्व रूसी संसद सदस्य सर्गेई मार्कोभले सिएनएनकी क्रिस्टियन अमानपुरलाई प्रिगोजिन पुटिनको लागि कहिल्यै खतरा नभएको बताएका थिए । पुटिनको लोकप्रियता अहिले “करिब ८० %” मा रहेको उनले बताए ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले शनिबार पुटिनलाई समर्थन गर्दै वाग्नरको कार्यको निन्दा गर्दै उनले “शक्तिको कुनै पनि हिंसात्मक वा असंवैधानिक परिवर्तन वा विद्रोह” अस्वीकार गरेको बताए।
यसैबीच, बेलायत, अमेरिका, फ्रान्स र जर्मनीका नेताहरूले रुसको अवस्थाबारे छलफल गर्न अघिल्लो दिन बोलेका थिए । युक्रेनी सार्वभौमसत्ताको लागि उनीहरूले युक्रेनलाई निरन्तर समर्थन गर्ने बिषयमा दोहोर्याएका छन् ।
बेलायतका प्रधानमन्त्री ऋषि सुनकका प्रवक्ताले जी-७ देशका विदेशमन्त्रीहरू पनि सम्पर्कमा रहेको प्रवक्ताले बताए।
अमेरिकी विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनका विदेशमन्त्री डिमीट्रो कुलेबा, टर्कीका विदेशमन्त्री हाकान फिदान र पोल्यान्डका विदेशमन्त्री जिबिग्निउ राउलाई पनि दूरवार्ता गरि स्थितिबारे छलफल गरेका छन् ।
प्रतिक्रिया