रुसले अब “आफ्नो सरकारको मूर्खता” लुकाउन सक्दैन किनकि वाग्नरका प्रमुखले सुरु गरेको विद्रोहको बीचमा यसको “कमजोरी” पर्दाफास भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार भने।
ट्विटरमा जेलेन्स्कीले युक्रेनमा मस्कोको कार्यले यसलाई अराजकतामा पुर्याएको भन्दै प्रकाशन गरेका छन् ।
यसै गरि केही युक्रेनी अधिकारीहरूले क्रेमलिन विरुद्ध वाग्नर प्रमुख येभगेनी प्रिगोजिनको कार्यले आन्तरिक रुसी द्वन्द्व हो भनि आफ्ना विचार व्यक्त गरेका छन् । यो “पुटिन शासनको पतनको संकेत” हो भन्ने विश्वास लिएका सिएनएनले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
“तथाकथित वाग्नर पीएमसी प्रिगोजिनका नेता र आक्रामक राज्यको सैन्य र राजनीतिक नेतृत्व बीचको आन्तरिक रुसी द्वन्द पुटिन शासनको पतनको संकेत हो,” रक्षा गुप्तचर (डिफेन्स इन्टेलिजेन्स)का प्रवक्ता एन्ड्रि युसोभले बताए ।
“सबैभन्दा पहिले, हामीले बुझ्नुपर्छ कि यो आन्तरिक रुसी द्वन्द्व र झैँ झगडा हो जुन युक्रेन विरुद्ध पुटिन शासनको आपराधिक सैन्य आक्रमणको प्रत्यक्ष परिणाम हो,” युक्रेनी सैन्य गुप्तचर प्रतिनिधिले भने।
युसोभले युक्रेनले रूसमा भएका घटनाक्रमहरूको निगरानी गर्न जारी राखेको बताए ।
प्रतिक्रिया