गन्तव्य बिहिन

✒️पेचकुमार सुनुवार (शितल) हाल युएई २०८० असार ३ गते २०:३९ मा प्रकाशित

बादल जस्तै उडि हिड्छु
कहिले पहाड तिर ठोकिन्छु त
कहिले आकाश मुनि पुग्छु ।
यात्रा कहा सम्मको हो
आफैंलाई थाहा छैन !
यसैले त गन्तव्य बिहिन जस्तै छु ।।
उसले कहिलेकाही सोध्ने गर्छ
ए कहाँ छौँ तिमि ?
म सङ्ग ती उत्तर को खाचो हुन्छ
जति बेला म खाली पेजको
किताब जस्तै हुन्छु
यसैले त गन्तव्य बिहिन जस्तै छु । ।
पुर्णिमा जुन जस्तो उज्यालो
बनि दिउ भन्छु
कालो बादल मडारिदै
आएर छेकी दिन्छ ।
जब म सङ्लिन्छु
उ क्षितिज पारी पुगि सक्छ
यसैले त गन्तव्य बिहिन जस्तै छु । ।
सागरको त्यो गहिराई सङ्ग
डुबुल्की खेल्न मन लाग्छ
समुद्री सतहको पारी हेर्छु
फेरि मन अतालिन्छ
लामो सास लिन्छु अनि बिगतलाई सम्झन्छु
यसैले त गन्तव्य बिहिन जस्तै छु ।।

✒️पेचकुमार सुनुवार (शितल) हाल युएई

प्रतिक्रिया