नेपालको समता स्कूलका संस्थापक उत्तम संजेल गत हप्ता संजालमा पोखिए। उनले हालसालै एक भिडियो अन्तर्वार्तामा रुंदै कराउंदै समता ग्लोबल सिनेटका अध्यक्ष उत्तम गौली लगायतका पदाधिकारीहरुलाई एक संगीन आरोप लगाए – उनीहरुले मेरा पैसा खाइदिए!
यदि तपाईंहरुले सक्नुहुन्छ भने मेरो रकम फिर्ता दिलाइदिनुहोस – उनले सम्पूर्ण अमेरिकाबासी दाजुभाई दिदिबैनीहरुलाई गुहारे।
यस विषयलाई मिहीन रुपले हेर्ने हो भने यसमा तीनवटा पक्ष छन – भावनात्मक पक्ष, कानूनी पक्ष, र सामाजिक पक्ष।
भावनात्मक पक्षमा सबै एकै ठाउंमा देखिएका छन – जस्को लागी पैसा उठाइयो, उसैकोमा पुग्नुपर्छ । कानूनी पक्षमा समता ग्लोबल सिनेट बलियो छ – हिसाब दुरुस्त छ, रकम सुरक्षित छ, कुनै नियम मिचिएको देखिंदैन।
सामाजिक पक्ष हेर्दा आश्चर्य लाग्दैन। अमेरिकाको नेपाली समाज संधै यसरी नै बिभक्त हुन्छ, जो सामाजिक संजालमा फेरीपनि छचल्किएको छ। कसैले मुद्दा हाल्नुपर्छ भन्दैछन भने कसैले साधारणसभा बोलाईसकेको अवस्थामा साधारणसभा सम्म कुरौं।
भावनात्मक पक्षलाई अलिकति विस्तारमा केलाउं है त। संजेलको संगीन आरोप पछि दिएको प्रतिकृयामा गौलीले भने – उहाँलाई पक्कै पनि आर्थिक समस्या होला। हामीले गच्छे अनुसारको सहयोग गऱ्यौं। हामी थप सहयोग पनि गर्न इच्छुक छौं। तर उहाँको आवश्यकता अलि ठूलो जस्तो देखिन्छ। गतबर्ष हामीले समता ग्लोबल सिनेटको आयोजनामा कार्यक्रमको आयोजना गऱ्यौं र ती सबै इभेन्टहरुबाट प्राप्त हुनआएको रकम समता स्कूललाई दियौं। तर दुर्भाग्य, हामीले गत बर्ष ३५ लाख सहयोग गऱ्यौं, अहिले ३५ विद्यालय बन्द भए भन्ने कुरा सुनियो। हामीले यो बर्ष कति सहयोग गर्न सकिएला भनेर सोच्दै छौं।
ती ३५ विद्यालय त तपाईंकै कारण बन्द भएका हुन भन्ने आरोप छ नि, ई-नेपालीजले सोध्यो। हेर्नुस, हामी समता स्कूलका संचालक होइनौं। यो आरोप अलि गैर जिम्मेवार लाग्यो मलाई – गौलीले आफ्नो बचाउ गर्दै भनेः हामीले गरेको सहयोगमा हामीलाई गर्व छ, तर उहाँको कारोबार धेरै ठुलो छ, सकेसम्म हामी सबैले सहयोग गर्नुपर्छ।
सामाजिक संजालमा पनि धेरैले संजेलप्रति नै सहानुभूति देखाएका छन।
आगामी जुन १८ का दिन शिकागोमा हुने समता ग्लोबल सिनेटको पहिलो साधारण सभामा यो विषयले प्राथमिकता पाउने निश्चित देखिन्छ। धेरैले आशा गरेका छन साधारणसभाले यो विषयलाई दुधको दुध पानीको पानी छुट्याउनेछ ।
गरिमामय पृष्ठभूमि बोकेको बिद्यालयमा यस्ता आर्थिक हिनामिनाको समाचारले बिश्वभरि रहेका नेपाली समुदायमा भूकम्प ल्याई दिएको छ र आस्चर्यमा पारि दिएको छ ।
सबैलाई बार्षिक साधारण सभाले समाचारमा उठेका सबै प्रश्नको जवाफलाई सम्बोधन गर्ने र सबै कुरा छर्लंग बनाई दिने समेत समता ग्लोबल सिनेटका प्रमुखले ईनेप्लिजलाई बताए ।
त्यहाँ उपस्थित हुने सिपिएले आफ्ना हिसाव-किताव सबै पारदर्शिताका साथ प्रस्तुत गर्ने हुँदा आगामी १८ तारीखमा हुने बार्षिक साधारण सभाको तयारीमा जुटेको बिज्ञप्तिमा जनाईएको छ ।
समता ग्लोबल सिनेट र यसका सदस्यहरुको चरीत्र हत्या गर्ने किसिमको मिथ्या समाचार सम्प्रेषण भएको भन्दै जुन ११ का दिन समता सिनेट ग्लोबलले छापा बिज्ञप्ति मार्फत खण्डन गरेको छ ।
“समता स्कुलको नाममा अमेरिकामा लाखौं डलर हिनामिना” भन्ने शीर्षक सहीत प्रकाशित भ्रामक समाचारको सोही संचार माध्यममा उपस्थित भएर सिनेटका अध्यक्षले खण्डन समेत गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
शिक्षाको माध्यमबाट बालबालिकाको जीवनमा उज्यालो छर्ने यहाँको प्रतिबद्धतामा हामी संगसंगै छौं। भ्रामक आरोपहरुबाट बिचलित नहुन सिनेटरहरुलाई समेत आग्रह गरिएको छ ।
बिज्ञप्तिमा सबै वित्तीय गतिविधिहरूको सारांश आफ्नो संजालस्थल (वेबसाइट)मा प्रकाशित गरिएको समेत उल्लेख गरिएको छ । हिसाबकितावमा पारदर्शिता कायम गर्नको लागी शुरुदेखि नै स्थापित, व्यावसयिक, र स्वतन्त्र सिपिएहरुद्वारा नै विवरणहरु तयार गरीएको समेत जनाईएको छ ।
सिनेटको बार्षिक साधारण सभामा उपस्थितिको लागि सबैलाई आमन्त्रित समेत गरिएको छ । यस बिषयमा अमेरिकामा मात्र नभई बिश्वभरि यत्रतत्र छरिएर रहेका नेपाली समुदायसँग प्रगाढ रुपमा जोडिएको र समुदायकै लागि निस्वार्थ, निसर्त र समर्पित हामी ईनेप्लिज यस प्रकरणमा अनुसन्धानमा लागि रहेको सहर्ष जानकारी गराउदछौ।
आइतबार समता ग्लोबल सिनेटको बार्षिक साधारण सभामा समेत पुगी इनेप्लिजले प्रत्यक्ष प्रसारण गर्नेछ। यस विषयमा चासो राख्ने सबैलाई आइतबार बिहान हाम्रो फेसबुक *(सामाजिक संजाल)मार्फत जोडिन हामी अनुरोध गर्दछौं। परोक्ष (जुम) बाट साधारणसभामा जोडिन चाहने दर्शक महानुभावहरुलाई पनि जुम मार्फत हामी जोड्ने छौं।
यहाँहरु केही जिज्ञाशा राख्न चाहनु हुन्छ भने हामी यहाँहरुलाई जुम (परोक्ष) मार्फत प्रवेश गराई बोल्ने समेत मौका दिलाउने हामी प्रतिबद्ध छौ । यहाँहरुले इनेप्लिजमा सम्पर्क गर्न सक्नु हुनेछ ।
ईनेप्लिज मार्फत जुमको अङ्क सार्वजनिक रुपमा उपलब्ध गराएका छौ ।
प्रत्यक्ष प्रसारण हुने समय : जुन १८ ,आइतबार ,२०२३
समय : १० बजे देखि १ बजे बिहान पूर्वीय समय (डिसी समय) : शिकागो समय बिहान ९ बजे देखि १२ बजे सम्म
Meeting ID: 894 8941 6757
Passcode: 272562
प्रतिक्रिया